Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पुस २८ देखि खिचरा महोत्सव हुने


२५ पुस २०७३, सोमबार


चितवन । थारु संस्कृतिलाई जीवन्त दिन सहयोग पुगोस् भन्ने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि पुस २८ गतेदेखि निर्माणाधीन खैरहनी रङ्गशाला, गौचरनमा खिचरा महोत्सव हुने भएको छ ।

महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले जनाएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने चौथो खिचरा महोत्सवमा यस पटक स्थानीय थारु संस्कृतिको पहिचानलाई थप उजागर गर्ने तथा नयाँ पुस्तालाई समेत मौलिक कला संस्कृति संरक्षणमा अग्रसर गराउने स्थानीय थारु अगुवा बासुदेव चौधरीले बताउनुभयो ।

महोत्सव माघ ५ गतेसम्म चल्ने छ । महोत्सवमा १२० वटा व्यावसायिक स्टल रहनेछ । नाफामुखीभन्दा पनि थारु समुदायको भाषा, संस्कृति, पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएका कारण महोत्सवलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको आयोजकले बताएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा थारुको मौलिक खाना चिचर, पोका, घुँगी, माछा, हाँसलगायत विभिन्न परिकार रहनेछ । यस्तै दैनिक रुपमा थारु सांस्कृतिक नाच झुमरा, भम्टा, डम्फु, लाठी, भररा समेत प्रस्तुत हुने महोत्सव मूल आयोजक समिति संयोजक नारायणप्रसाद महतोले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस