इन्टेग्रिटी आइडल नेपाल २०१६ का उत्कृष्ट पाँच फाईनलिष्टहरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

इन्टेग्रिटी आइडल नेपाल २०१६ का उत्कृष्ट पाँच फाईनलिष्टहरु


२२ पुस २०७३, शुक्रबार


इन्टेग्रिटी आइडल

प्रशासन संवाददाता । २०७२ पुस २१ बिहिवारको दिन नेपालको कर्मचारी प्रशासनका लागि एक विशेष दिन थियो । कारण ह्दयमा समझदारी, काँधमा जिम्मेवारी र काममा समर्पण भाव भएका काविल कामकाजी कर्मचारीहरुलाई उत्कृष्टताको कसीमा पुरस्कृत गरिएको छ । यो अवार्डका लागि मनोनयनमा परेका थिए ५ कामकाजी कर्मचारीहरु । जो जो परे अन्तिम मनोनयनमा ती सबै काविल थिए, निर्णायकहरुको नजरमा अन्तिम ५ मा छानिएकाहरुलाई चिनौं र केही सिकौं उनीहरुको सेवाकर्मबाट । को को थिए उत्कृष्ट ५ :

नामः डोर बिक्रम श्रीस
कार्यालयको नामः शिद्धबाबा उ.मा.बि. तम्घास–९, गुल्मी
पदः प्रधानाध्यापक
उमेरः ४३ वर्ष

सिकाई सापेक्ष हुनुपर्छ भन्ने श्रीस विद्यालयले उचाई पाउनुको श्रेय आफु मात्र लिन लिन चाहदैनन् । त्यसमा सबैको योगदान छ भन्ने ठान्छन् । तर दुईमत छैन त्यसको नेतृत्वकर्ता उनि आफै हुन् । सिकाईलाई व्यवहारिक र समय सापेक्ष बनाउन कक्षा १ देखि विद्यार्थीकालागि कम्प्युटरको व्यवस्था गरेका छन् । ७ ओटा कोठामा: Multimedia को व्यवस्था छ । ८,००० को हाराहारीकिताब सहित ब्यवस्थीत पुस्तकालयको व्यवस्था गरिएको छ । ति त भए आधारभूत सुबिधा तथा शैक्षिक सामाग्रीको उपलब्धता ।


“जवाफदेहिता, पारदर्शिता र ईमानदारीता ब्यक्तिको ब्यवसायिक मात्र नभएर ब्यक्तिगत जिवनका अनिवार्य सर्तहरु हुन ।”

विद्यार्थीको व्यक्तित्व विकाश गर्न र अध्ययन गर्ने संस्कारको विकाश गर्न हरेक विद्यार्थीले हरेक महिना एक ओटा किताब पढ्नै पर्ने र पढिसकेपछी, या त कक्षामा या त ब्ककझदथि मा प्रस्तुती दिनुपर्ने हुन्छ । हिसाब गर्दा एक जना विद्यार्थीले वर्षमा १२ ओटा किताब पढ़छ अनि कक्षा १० सम्म पुग्दा करिब १२० ओटा किताब पढीसक्छ ।

ऋण काढेर भए पनि आफ्ना नानीहरुलाई निजि बिद्यालयमा पढाउने लहर चलिरहेको अवस्थामा श्रीस एउटा विकल्प दिन सफल भए, ति आर्थिक अवस्था कमजोर भएका परिवारहरुकोलागि जसले आफ्ना छोराछोरीको उज्वल शैक्षिक भविष्यको सपना देखेका छन् । गरिब तथा मध्यम परिवारका १३५५ बिद्यार्थी अध्ययनरत बिद्यालयमा ३०० देखी ४०० जति त दलित परिवारका बिद्यार्थी मात्र छन् ।

बिद्यालयका संस्थापक तथा हाल बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर थापाका अनुसार, “२०५८ साल तिर जब निजी बिद्यालयको लहर आयो बिद्यार्थी धमाधम सामुदायीक बिद्यालय छाडेर निजीमा जान थाले । हामीमाझ शिक्षाको गुणस्तर बढाउने चुनौती आईप¥यो र त्यसकालागि सब भन्दा पहिला भौतिक संरचना तयार गरे । हामीलाई सबैकुरा एकैसाथ जुटाउन असम्भव जस्तै लागेको थियो । डोर बिक्रम श्रीस त्यस बखत शिक्षक मात्र थिए । तर उनले हिम्मत जुटाए । अभिभावक संग छलफल गरी विश्वासको वातावरण तयार पारे ।

२० जना अभिभावक आफ्नो लालपुर्जा दिन सहमत भए र त्यसैलाई बन्धकी राखेर ६ लाख ऋण लिएर कामको सुरुवात ग¥यौ जसको प्रतिफल आज बिद्यालय हामी सबैले गर्ब गर्न सक्ने अवस्थामा पुगेको छ ।”

४५ जना शिक्षक रहेको बिद्यालयमा १८ जना शिक्षकको मात्र दरबन्दि छ, अन्यको सेवा सुविधा निजी स्रोतबाट व्यवस्था गर्नुपर्ने हुन्छ । जुन अभिभावककै सहकार्यमा जम्मा गरिन्छ । सामाजिक लेखा परिक्षण, मासिक छलफल, र बुलेटिन मार्फत हिसाब किताब प्रस्तुत गर्दा विश्वासको वातावरण बनेको छ ।

उनले लीलाराम–कुन्तिदेबी राष्ट्रिय पुरस्कार बापत पाएको व्यक्तिगत ५० हजार रुैपयाँबाट अक्षय कोष खडा गर्नुभयो, जसको ब्याजबाट गरिब जेहन्दार विद्यार्थीकोलागि छात्रवृत्तिको व्यवस्था गरीएको छ । त्यसकै निरन्तरता हाल बिद्यालयमा १५ ओटा अक्षय कोष खडा गरीएकाछन् ।

बिद्यालय त्यस क्षेत्रकै नमुना भएको छ । सबैले सहयोग गरेका छन् । जुन त्यस क्षेत्रका स्थानीयले उनिप्रति दर्शाएको बिश्वासको प्रतिफल हो ।

नामः डा.भीष्मकुमार भूसाल 
कार्यालयको नामः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
पदः उप–सचिव
उमेरः ४१ वर्ष

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीका अनुसार भुषाल एक भ्रष्टाचार बिरोधि, स्वच्छ छबी, ईमान्दार, सेवाग्राहीसंग भिज्न सक्ने व्यक्ति हुन् । एउटा राष्ट्रसेवकमा हुनुपर्ने सबै असल गुणहरु उनमा पाउन सकिन्छ ।

महाभूकम्प पश्चातको कार्यमा श्रव्यदृश्य सामाग्री मार्फत जनजागरणको अभियान संचालनमा अहम् भूमिका निर्वाह गरिरहेका भुषालको पुनस्र्थापनाकोलागि बैदेशिक सहयोग र विभिन्न गैह्र सरकारी संस्थाको सहयोग जुटाउन र समन्वयकारी भूमिका निर्वाह गर्नमा पनि उत्तिकै योगदान छ । पुनर्निर्माणको काममा बजेट तर्जुमा गर्न तथा भूकम्प पिडित लाभग्राहिको खातामा अनुदान रकम प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्थापनमा उदाहरणीय भूमिका खेल्ने व्यक्ति पनि भुषाल नै हुन् ।


“परीवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ । आफु उदाहरण बन्दा त्यसले आफैलाई सन्तुष्टि दिनुका साथै अरुलाई पनि प्रेरीत गर्दछ ।”

पुनर्निर्माणमा जसरी आफै खटिएर लागेका छन्, त्यसरी नै पुनस्र्थापनामा लागिपरेकाहरुलाई पनि साथ् अनि सहयोग गरिरहेका छन्। धुर्मुस सुन्तली फाउण्डेशन कि शुन्तली अर्थात कुञ्जना घिमिरे भन्छिन्, “मैले उहाँलाई बिहान ६ बजे देखि साँझ ८ बजेसम्म खटिएर सेवाग्राहीको काममा समर्पित भएको थुप्रै पटक देखिकी छु, तर थकानको महसुस गरेको देखेकिछैन ।”

पुनर्निर्माण प्राधिकरणमा आउनुपूर्व उनले लामो समय अर्थ मन्त्रालयमा रहेर काम गरे। त्यहाँ पनि उनको उपस्थिति उस्तै रह्यो । उनी कार्यालयमा हुँदा कुनै पनि सेवाग्राही निरास भएर फर्किनु पर्दैनथ्यो भन्छन्, नजिकै रहेर काम गरेका नेपाल सरकारका सह–सचिब गणेश राज वस्ती ।

एकजना भ्रष्टाचार बिरोधि अभियन्ता शारादा भुषाल झा भन्छन् “मैले हेम–सरिता फाउण्डेशनले आयोजना गरेको भ्रष्टाचार बिरोधी कबिता प्रतोयोगितामा उहाँ प्रथम हुँदा चिनेको हुँ, पछी अर्थ मन्त्रालयमा केहि सूचना माग गर्न जाँदा माग गरेका सबै सूचना एकदमै सहज तरिकाले नियम पुर्याएर तुरुन्तै दिनुभयो । सरकारी कर्मचारीका तर्फबाट सरल अनि छिटो सुबिधाको पाएको त्यो मेरो पहिलो अनुभव थियो ।” उनले अभियानकर्मीलाई मात्र हैन, रातो किताब सर्बसाधारणको पहुँचमा पनि हुनुपर्छ भनेर वेबसाईटमा राख्ने व्यवस्था गरे । साथसाथै मातहतका कर्मचारीलाई पनि त्यस सम्बन्धमा तालिम दिए । हालै पनि पुनर्निर्माणमा भएको खर्चको विवरण जे जति सञ्चारका माध्यमबाट सार्वजनिक भईरहेको छ त्यसको नेतृत्वदायीभूमिका निर्वाह गर्ने ब्यक्ति पनि उनी नै हुन् ।

अर्थ मन्त्रालयमा आउनु भन्दा पहिला उनले स्वास्थ्यमा काम गरे । त्यहाँ पनि आफ्नो जिम्मेवारीमा उस्तै खरो उत्रिए । जसको एउटा प्रमाण, २०५८ सालमा उहाँ काठमाण्डौ जिल्लाका स्वास्थ्यचौकी मध्ये उत्कृष्ट बनाउन उल्लेखनिय कार्य गरे बापत पुरस्कृत समेत भए ।

सरकारी सेवामा अहोरात्र खट्नु पछाडीको प्रेरणाको स्रोतका सम्बन्धमा भन्छन् “जब म निजामती सेवामा प्रवेश गरीसके पछि सरकारी छात्रबृतीमा अध्ययनका निम्ति बिदेश गएँ । परिचयका क्रममा नेपालको सरकारी सेवामा कार्यरत कर्मचारी भन्दा सबैले नाक खुम्च्याउने । मलाई लाग्यो वास्तवमै हामीमा पनि कमजोरीहरु छन । फर्केर आईसके पछि सुरुवात बाफैबाट गर्नुपर्छ भन्ने लाग्यो । अरुलाई यसो गर्नुपर्छ उसो गर्नुपर्छ भन्दा पनि आफु उदाहरण बन्दा त्यसले आफैलाई सन्तुष्टि दिनुका साथै अरुलाई पनि प्रेरीत गर्दो रहेछ ।”

नामः बिन्दु कुँवर
कार्यालयको नामः महिला तथा बालबालिका कार्यालय, बाँके
पदः महिला विकास निरिक्षक
उमेरः ४२ वर्ष

न्याय नपाए बिन्दु कहाँजानु भन्ने भनाई बाँकेका दिदीबहिनीहरुमा प्रचलित छ । तर महिला हिँसा सम्बन्धि हेर्ने निकाय देशभरि थोरै मात्र भएकोले ७५ ओटै जिल्लाबाट महिला दिदीबहिनीहरु सम्पर्क गर्छन् अनि परामर्श माग्छन् । उनले फोन मार्फतनै हिँसाको प्रकृति बुझेर उजुरी गर्ने प्रक्रिया बताउँदै आएकी छिन् । त्यसैले धेरैले उहाँलाई हिँसा पिडित महिलाहरुको उपचार गर्न सहयोगी एचयअभकक म्ष्अतष्यलबचथ पनि भन्ने गर्छन् ।


“निष्ठावान सरकारी कर्मचारीको परीचय भनेको उ जनता प्रती जवाफदेही हुनुका साथै ईमानदार भएर सरकार द्वारा जनताकालागि प्रस्तुत गरीएका कार्यक्रमहरु पारदर्शि तवरले छर्लङ्ग पारीदिनु हो ।”

हिँसा पिडित महिलाले न्याय नपाउदा टेबल हान्न पनि पछी नपर्ने स्वभावकी उनी भन्छिन्, “कहिलेकाही जिम्मेवारीभन्दा फरक तरिकाले पनि काम गर्नुपर्ने हुन्छ ।” सहकर्मीका अनुसार, उहाँको कार्यालय बिहान ४ बजेबाट सुरुहुन्छ अनि राति १० बजे सम्म चालु रहन्छ । बिहान उठ्न नपाउदै देशको कुना कुना बाट फोन आउछ । कस्तो प्रकारको समस्या आउछ र त्यसको समाधान के हुन्छ उहाँ तयारी अवस्थामा बस्छिन् ।

नेपालगञ्जको रुपेडिया नाका हुँदै थुप्रै महिला दिदीबहिनीहरु दैनिक बेचिन्छन । ठुलाठुला चुनौतिको सामना गरी भारतमा बेचिएका महिलाहरुलाई सकुशल उद्धार गरेका थुप्रै उदाहरण उनीसंग छन् । अनाथ बालबालिका, हिँसा पिडित महिला, बृद्ध वृद्धाका पक्षमा करिब १२०० मामिला हेर्ने एक मात्र व्यक्ति हुन् बिन्दु कुँवर ।

कामलाई बोझको रुपमा नलिने मिजासिलो स्वभाविकी कुँवर स्पष्ट पनि छिन् । त्यसैले सेवाग्राहीले पनि विश्वास गरेका छन् ।

हालै सरुवा भएर जुम्ला गएकी कँवरको कमि त्यस क्षेत्रका दिदीबहिनीले त गरेकै छन, त्यस भन्दा बढि जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलले गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेक प्रसाद राईका अनुसार उहाँ त्यस क्षेत्रमा महिला, बालबालिका तथा बृद्धबृद्धाको पक्षमा न्यायको लडाई लड्ने एक मात्र ब्यक्ति हुन् ।

नामः कृष्ण प्रसाद धन्छा
कार्यालयको नामः बागेश्वरी उच्च माध्यामिक बिद्यालय भक्तपुर
पदः प्रधानाध्यापक
उमेरः ५१ वर्ष

सरकारी बिद्यालयमा नयाँ विद्यार्थी भर्ना लगभग शुन्य भईरहेको अवस्थामा यहाँ प्रत्येक वर्ष ३०० देखि ४०० सम्म नयाँ बिद्यार्थी भर्ना हुनु र त्यो भन्दा पनि निजीबाट यस बिद्यालयमा आउनुले पनि प्रष्ट हुन्छ, विद्यालयको स्तरीयता । यति मात्र हैन, नजिकैका विद्यालयलाई पनि सल्लाह सुझाव दिनुका साथै सहकार्य गर्छन् धन्छा । शिद्धि शारदाप्राथमिक बिद्यालय, जहाँ विद्यार्थीको संख्या शुन्य जस्तै भएको थियो । बिद्यार्थी भन्दा शिक्षक बढी थिए । तर सहकार्य पश्चात बिद्यार्थी संख्या बढेर १५० पुगेको छ ।


“हरेक दिन विशेष दिन, हरेक विद्यार्थी उत्कृष्ट विद्यार्थी भनेर लागिपर्ने शिक्षकहरुकोलागि सफलताको अर्को सुत्र हुदैन ।”

बिद्यालयमा लेखाजोखा केन्द्रको स्थापना, अपाङ्ग अनि जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति जस्ता अन्य उल्लेखनीय कामको श्रेय पनि उनलाई नै जान्छ ।

सबै भन्दा महत्वपुर्ण कुरा, बिद्यालयको हरेक विकास निर्माण अनि निर्णयमा अभिभावकको भुमिका सहितको सहभागीता रहन्छ जसले गर्दा बिद्यालय प्रति अपन्वत्व महसुस हुन्छ । संघ संस्थाको कुनैपनि सहयोग स्वीकार नगर्ने बिद्यालयको भौतिक संरचना अनि गुणस्तरीय शिक्षाको लागि आवश्यक हरेक पुर्वाधारहरु अभिभावकहरुकै सहयोगमा तयार भएको छ र कुनै पनि निजी स्तरमा सञ्चालित बिद्यालयको भन्दा कम छैन ।

शिक्षकलाई प्रोसाहन स्वरुप अतिरिक्त कक्षा बापत न्युनतम सुविधा प्रदान गरिन्छ । म हैन हामि भन्ने संस्कारको विकाश गरीएको छ । जसको उदाहरण हो सामुहिक नेतृत्वको अभ्यास । यि सबैको पछाडिका नायक हुन् धन्छा ।

शिक्षा क्षेत्रमा योगदान पु¥याए बापत नै दुई पटक राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित कृष्ण प्रसाद धन्छा उत्कृष्ट केन्द्राध्यक्ष भए बापत पनि २ पटक सम्मानित भइ सकेका छन् । बिहान ६ बजे देखि सांझ सम्म विद्यालयकै काममा खटिने उनी अतिरिक्त सेवा स्वरूप कुनै थप सेवा सुबिधा लिँदैनन् । सोहि विद्यालयका शिक्षक भानुभक्त हुमागाईंका अनुसार, व्यक्तिगत रुपमा पाउनुभएको १० हजार राशिको मध्यमाञ्चल स्तरीय पुरस्कार पाउदा समेत विद्यालयको खातामा जम्मा गरेका थिए ।

करिब ४,००० भन्दा बढी बिद्यार्थी अध्ययनरत बागेश्वरी उमाविबाट २०७१ सालको प्रवेशिका परिक्षामा एक जना बिद्यार्थी आयुषा सुवालले हाँसिल गरेको ९२।३८५ प्राप्तांक ९बोर्ड कै दोश्रो० ले नै प्रतिबिम्बित गर्दछ विद्यालयको शैक्षिक गुणस्तरतालाई । जहाँ जिल्लाकै सबैभन्दा बढी सहभागी ९१५६ जना० यसै बागेश्वरी उमावि बाट थियो । सामुदायिक विद्यालयबाट यो मात्रामा विद्यार्थीको सहभागिता र उतिर्ण प्रतिशत आफैमा जवाफ हो उत्कृष्ट विद्यालयको ।

नामः तारा सुबेदी
कार्यालयको नामः तिङ्गला स्वास्थ्यचौकी, सोलुखुम्बु
पदः स्वास्थ्य सहायक
उमेरः ४७ वर्ष

दुर्गमका दिदीबहिनीहरुकोलागि अपरिहार्य व्यक्ति हुन् तारा सुबेदी । ति दिदीबहिनीहरु भन्छन, “तारा दिदीले सुई लगाउदा पनि दुख्दैन” । बालबालिकाहरु अरुले दिएको औषधि नखाने ।

परिवारनियोजनको परामर्श लिने बखत उनलाई भेट्न नपाउदा नचाहदा नचाहदै अर्को सनतान पाउनुपरेका महिलाहरुको कथा पनि उनीसंग जोडिन्छ । यो अपनत्व त्यतिकै सम्भव भएको हैन, त्यसको पछाडी वर्षौको त्याग छ । सेवा प्रतिको समर्पण छ । महिलाहरुलाई सुत्केरी हुँदा आफ्नै सारीले शिशु बेरेर पठाएका घटनाहरु साक्षी छन् । परिवारको जिम्मेवारी लाई दोस्रो प्राथमिकतामा राखी आधिरातमा आँखा मिच्दै उपलब्ध औषधिको पोको बोकी बिरामीको ओच्छ्यानमा औषधोपचार गरेका थुप्रै घरानाहरु छन् उनिसंग ।


“सक्नेले त बाहिर गएर पनि उपचार गर्न सक्छ, तर नसक्ने उपचार नपाएर गाउँमै मर्नु पर्छ । त्यसैले उनिहरुकोलागि खटिनु एउटा स्वास्थ्यकर्मिको व्यवसायिक जिम्मेवारी मात्र नभएर, सामाजिक दायित्व पनि हो ।

सोलुखुम्बुमा गईसकेपछि पनि त्यस क्षेत्रका नागरिकहरुलाई सहज सेवा प्रवाह गर्न कुनै कसर बाँकी छोडिनन्। बर्षौसम्म कार्यालयको जग्गा नाममा थिएन । उनी जाने बित्तिकै प्रक्रिया थालिन् । गाउँगाउँमा स्वास्थ्य सम्बन्धि सचेतना फैलाउदै हिड्नुभयो । जसले गर्दा दुर्गमका वासिन्दाले स्वस्थ्य सेवाको अनुभुती गर्न पाए ।

उहाँको परिवारका अनुसार द्वन्दकालमा राज्य पक्ष अनि बिद्रोही पक्ष दुवैबाट धम्कि आउथे । दुवै पक्षले भन्थे, तपाई दुश्मनको उपचार गर्नुहुन्छ । उनको एउटै जवाफ हुने गथ्र्यो– मानवियताको सम्मान गर्दै उपचार गर्नु मेरो दायित्व हो । त्यसमा उनी कहिल्यै चुकिनन् । त्यसपछी पनि विभिन्न राजनीतिक दलले दबाब नदिएका हैनन् । उनी भन्ने गर्छिन्, “मलाई स्वास्थ्यकर्मी भएरै बाँच्न दिनुहोस ।”

“सक्नेले त बाहिर गएर पनि उपचार गर्न सक्छ, तर नसक्ने उपचार नपाएर गाउँमै मर्नु पर्ने अवस्था छ त्यसैले उनिहरुकोलागि खटिनु मेरो व्यवसायिक जिम्मेवारी मात्र नभएर, सामाजिक दायित्व पनि हो ।” उनका यी भनाई सान्दर्भिक छन् भन्ने प्रमाण जब उहाँ सरुवा भएर सोलुखुम्बु जाने हुनुभयो सबै दिदीबहिनीहरु जम्मा भएर अनुनय बिनय गरिन् र भनिन्, “अब हाम्रो बिजोग हुने भयो ।”

कार्यालयमा हाँजिर मात्र गर्ने कर्मचारीलाई कारवाही गर्दा थुप्रै ज्यान मार्ने धम्किको सामाना गरिन् । त्यसको बचावट गर्ने निहुमा केहिले उजुरी पनि हाले । त्यसका बावजुत पनि उनी हतास भइनन्। उनी जता जान्छिन् उतै उनको आवश्यकता महसुस हुन्छ । परिवारलाई आवश्यक समय नदिनसक्नुको उनमा कुनै पश्चाताप छैन । आज पुरै समुदाय उनको आफ्नै परिवार जस्तै भएको छ ।

सक्षम, इमान्दार र कर्तब्यनिष्ठ एकजना राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक बर्ष इन्ट्याग्रीटी आइडलको आयोजना गर्दै आएको छ ।

नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि सुरु गरेको ईन्टेग्रिटी आइडल नेपाल यस वर्षको १५ फेब्रुअरी २०१६ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्र्तगत ६७ जिल्लाबाट ८३८ वटा मनोनयन प्राप्त भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस