सूर्नयागाड लघुजल विद्युत आयोजना भयो बन्द « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

सूर्नयागाड लघुजल विद्युत आयोजना भयो बन्द


२२ पुस २०७३, शुक्रबार


बैतडी । बैतडीको शंकरपुर–९ मा रहेको सूर्नयागाड लघुजल विद्युत आयोजना बन्द हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्ला उर्जा शाखाको सहयोगमा २०५७ सालमा निर्माण गरिएको १० किलोवाट क्षमताको आयोजनाले शंकरपुरको वडा नम्बर १ र ९ का ७० घरपरिवारले बिजुली बाल्दै आएका थिए ।

गएको केही वर्ष यता बिचबिचमा बन्द भएपनि कात्तिक महिनादेखि भने आयोजना पूर्ण रुपमा बन्द भएको स्थानीय टंकप्रसाद अवस्थीले जानकारी दिनुभयो । व्यवस्थापन पक्षको कमजोरीका कारण आयोजना बन्द भएको हो ।

विद्युतको महसुल नतिर्ने उपभोक्ताको बानी र आयोजनाको नाममा रहेको रकम व्यवस्थापन समितिले अनावश्यक रुपमा खर्च गर्दा विद्युत सेवा बन्द भएको उहाँले दाबी गर्नुभयो । निर्माण भएको आयोजना नै बन्द हुँदा उपभोक्ता भने मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस