३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्ट्याग्रीटी आइडल २०१६ को उपाधी गुल्मीका डोर विक्रम श्रीसलाई

अ+ अ-

काठमाडौं । एकाउन्ट्याविलिटी ल्याबले हरेक बर्ष प्रदान गर्ने इन्ट्याग्रीटी आइडल २०१६ को उपाधी गुल्मीका डोर विक्रम श्रीसले प्राप्त गरेका छन् ।

बिभिन्न चरण पार गर्दै अन्तिम छनौटमा परेका सक्षम, इमान्दार र कर्तव्यनिष्ट ५ जना प्रतिष्पर्धिमध्येबाट श्रीस छनौट भएका हुन् ।

६७ जिल्लाबाट प्राप्त भएका ८३८ वटा मनोनयनमध्येबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उप सचिब डा. भिष्मकुमार भुषाल, शिद्धबाबा उ.मा.वि. तम्घास ९, गुल्मिका प्रधानाध्यापक डोर विक्रम श्रीस, महिला तथा बालबालिका कार्यालय जुम्लाकी महिला विकास निरीक्षक बिन्दु कुवँर, भक्तपुरका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र धनकुटाका मौनाबुधुक स्वास्थ्य चौकीका, स्वास्थ्य सहायक तारा सुवेदी अन्तिम ५ जनामा परेका थिए ।

बिभिन्न ७ चरणको छनौट प्रक्रिया पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायको संयोजनमा पूर्व सचिव जीवनप्रभा लामा, ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाहको स्वतन्त्र निर्णायक टिमले बिभिन्न मापदण्डका आधारमा प्रतिष्पर्धिमध्येबाट अन्तिम पाँच र अन्तिम पाँच मध्येबाट सर्वोत्कृष्ट अर्थात् इन्ट्याग्रीटी आइडल छनौट गरेको हो ।

शिद्धबाबा उ.मा.वि. तम्घास ९, गुल्मिका प्रधानाध्यापक श्रीस एक उदाहरणीय शिक्षकका रुपमा लिइन्छ । कक्षा १ देखिका विद्यार्थीका लागि कम्प्युटरको ब्यवस्था गर्नुका साथै आठ हजारको हाराहारीमा किताब सहितको पुस्तकालयको समेत व्यवस्था गरेका श्रीसले विद्यार्थीको व्यक्तित्व विकासका लागि समेत उल्लेख्य योगदान पु¥याउदै आएका छन् ।

आइडल सम्मान ग्रहण गर्दै विजेता श्रीसले आफुुलाई यो सम्मानले अझ बढी थप जिम्मेवार बनाएको र भोलीका दिनहरुमा थप काम गर्ने प्रेरणा मिलेको बताएका छन् ।

बिजेता लगाएत अन्तिम छनौट चरणसम्म आइपुगेका पाँचैजना आइडललाई बधाई तथा शुभकामना दिदै नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले नकारात्मकताको बिचमा सकारात्मक अभ्यासको थालनि गरेकोमा आयोजक संस्था एकाउन्टबिलिटी ल्याबको अभ्यासको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस