जापानमा ग्रुप ट्वाइन्टिफाइभ गठन « प्रशासन
prasaLogo
२१ पुष २०७३, बिहीबार

जापानमा ग्रुप ट्वाइन्टिफाइभ गठन


प्रकाशित मिति : 5 January, 2017 12:25 pm

काममाडौँ । नेपालबाट रोजारको शिलसिलामा जापान पुगेका २५ जना नेपालीले ग्रुप ट्वाइन्टिफाइभ गठन गरेका छन् । ग्रुप ट्वाइन्टिफाइभको अध्यक्षमा नवराज भण्डारी चयन भएका छन् ।

त्यस्तै ग्रुपको उपाध्यक्षमा अर्जुन गुनी, लेखा निर्देशकमा भरत बोगटी र प्रीति थापा चयन भएका छन् भने अन्य पदाधीकारीहरु सदस्य रहेका छन् । गुरुपका एकाउन्टिङ डाइरेकटर भरत बोगटीले युवा लाई परियोजना सहित विजनेसमा लगाउने उद्देश्यका साथ यो ग्रुप खोलियको बताएका छन् । उनले समाजसेवाको भावनाले यो ग्रुप खोलिएको बताए ।

उनले नेपालको अत्यन्त गरिब समुदायमा परियोजना छनौट गरी लगानी गरी रोजगार मुखी बनाउने उद्देश्यका साथ यो समुहको गठन गरिएको बताए । उनले कृषि, बाख्रापालन, बंगुरपालन वा कुनै सानो तिनो व्यापार व्यवसाय गर्न सहयोग गरिने र त्यसका लागि प्रपोजल मागिने बताए ।

प्रतिक्रिया दिनुहोस