Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कहाँ जान्छन् हराएका महिला तथा बालबालिका ?


प्रशासन विशेष ब्युरो

१८ पुस २०७३, सोमबार


• लोकेश धामी

कैलाली । कैलाली जिल्लामा वर्षेनी महिला तथा बालबालिका हराउने क्रम बढदै गएको भएपनि भेटिने सख्या भने न्युनमात्रै रहेको छ ।

जिल्ला प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको मंसिर महिनासम्म मात्रै ९२ महिला र ५० बालबालिका हराएका उजुरी परेका छन् ।

हराएका ९२ महिलामध्ये जम्मा २९ जनामात्रै फेला परेका छन् भने ५५ महिलाको बारेमा प्रहरीलाई अझै कुनै अत्तोपत्तो छैन । हराएका महिला नभेटिने गरेको यो पछिलो पटक भने होइन । प्रहरी र महिला तथा बालबालिकाको क्षेत्रमा कामगर्ने संघसस्थाको तथ्याङक हेर्ने हो भने वर्षेनी हराएका थुप्रै महिला तथा बालबालिका भेटिएका छैनन् ।

जिल्ला प्रहरी कार्यालको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७२/७३ मा पनि १ सय २१ महिला हराएकामा १ सय ७ महिलामात्रै फेला परेका थिए । चालु आर्थिक वर्षमा कैलालीमा ५० बालबालिका हराएको प्रहरी सहायक निरीक्षक गणेश रावलले बताउनुभयो । ५० बालबालिका हराएकोमा हालसम्म २९ बालबालिकालाई मात्रै भेटाएर आफन्तको जिम्मा लगाएको र २१ बालबालिकाको खोजीकार्य भईरहेको प्रहरी सहायक निरीक्षक रावलले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमापनि ९५ बालबालिका हराएकोमा७७ फेला परिसकेका छन भने १८ बालबालिका अझै बेपत्ता छन । तिनको अत्तोपत्तो नहँुदा परिवारमा पीडा छ । । महिला हरानुको मुख्य कारण घरायसी विवाद रहेको प्रहरीले जनाएको छ ।

हराएका महिलाको अनुसन्धानपछि अधिकांश महिला घरायसी विवाद, प्रेम विवाह, रोजगारीको लोभ लालचमा हराउने गरेको प्रहरीले जनाएको छ । त्यस्तै अधिकाश बालबालिका विभिन्न प्रलोभनमा परेर हराउने गरेको प्रहरीको भनाई छ । विशेषतः समाजमा व्याप्त रहेको छोराछोरीको विभेद र भेटिएको जानकारी नआउनुले मुख्य समस्या बनेको महिला अधिकारकर्मी बताउँछन् । महिला र बालबालिकामा चेनताको वृद्धि हुननसकेका कारण यसलाई न्यूनीकरण गर्न नसकिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस