गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


प्रशासन विशेष ब्युरो

१६ पुस २०७३, शनिबार


छाउपडी गोठमा छोरीहरु मर्दा
हुन्छ लैंगिक समानता के गर्दा

भएको छ खोटो शिक्का लोकतंत्र
बोक्सी भनी महिला मारिनु पर्दा

कहाँ छ सरकार यो जन गणतन्त्र
अझैं जातीय छुवाछुतको बीउ छर्दा

बनेर लाटो चुपचाप छ यो ब्यवस्था
गरीबको घरबार व्याजखोरले हर्दा

किन खोस्न नसकेको यो सरकारले
देश चुसी ठालुले निजी ढुकुटी भर्दा

प्रतिक्रिया दिनुहोस