गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


१६ पुस २०७३, शनिबार


भन्दै छ यो मनले देश बन्दैन
भिख मागेको धनले देश बन्दैन

फलामको कम्पनी खोल्नु पर्छ बा
हाम्रो सानो आरनले देश बन्दैन

रोबोर्ट बनाउनु पर्छ अब हामीले
मात्र हतौड़ा र घनले देश बन्दैन

की सबै भोकै सड़कमा सुत्नु पर्यो
एक दुई जनाको अनसनले देश बन्दैन

धेरै उत्ताउली नबन तिमी पनि
तिम्रो यो जोवनले देश बन्दैन

प्रतिक्रिया दिनुहोस