साफ च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल समूह बिजेता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साफ च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल समूह बिजेता


१५ पुस २०७३, शुक्रबार


काठमाडौं । श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई एक शून्य गोल अन्तरले हराएको छ । नेपालको जितमा सपना लामाले निर्णायक गोल गरिन् । निर्धारित समयको खेल सकिन ३ मिनेट मात्र बाँकी छँदा उनले गोल गरेकी हुन् । जितसँगै ३ खेलबाट ९ अंक जोडेको नेपाल समूह एको विजेता बनेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ८–० तथा दोस्रो खेलमा माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस