भुवा पर्वको रौनक शुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भुवा पर्वको रौनक शुरु


१५ पुस २०७३, शुक्रबार


सुदूर पश्चिम । भुवा पर्वको रौनक सुदूर पश्चिममा सुरु भएको छ । परापूर्व कालदेखि मनाउदै आएको भुवा पर्वको रौनक विधिवत रुपमा विहिवारदेखी सुदूर पश्चिमका पहाडी जिल्लाहरुमा सुरु भएको हो । सुदूर पचिममा भुवा पर्वलाई ठुलो चाडका रुपमा मनाइन्छ ।

पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको खुशीयालीमा भुवा पर्व परापूर्व कालदेखि मनाउदै आयको जोराघाट डोटी निवासी पण्डित भिमदत्त विनाडिले बताए । असत्य माथि सत्यको विजय भएको सम्झनामा मनाइने भुवा पर्व पुसे औषीदेखी विधिवत रुपमा सुरु हुन्छ ।

भुवाको सुरुको दिन राँके जुलुस निकालेर सबै जना एकै ठाउँमा जम्मा भएर रातभर गीत, मागल गाउने प्रचलन छ । पञ्चेबाजाका साथ खेलिने भुवा पर्वको खेलमा पुरुषहरु हातमा तरवार र खुकुरी लिएर युद्ध कलाको प्रर्दशनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने गर्दछन ।

यो बाजुरामा निकै ताम झामका साथ मनाइन्छ । त्यस्तै डोटी, अछाम, बझाङ्ग र मध्य पश्चिमका विभीन्न जिल्लामा पनि यो पर्व हर्षोल्लासका साथ मनाईन्छ ।

पछिल्लो समयमा पाश्चात्य संस्कृतिले स्थान पाइरहेको प्रति चिन्ता गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सेति अञ्चल समितिका अध्यक्ष तथा अछाम जिल्ला निवासी संस्कृति कर्मि पदम धामीले पूराना संस्कृति प्रति नयाँ पुस्ताले पनि चासो दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस