ट्रिपरको ठक्करबाट दुईको मृत्यु « प्रशासन
prasaLogo
१३ श्रावण २०७८, बुधबार
   

ट्रिपरको ठक्करबाट दुईको मृत्यु


१३ पुस २०७३, बुधबार


मोरङ । पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा बुधवार बिहान ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२२प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षीय धनकुमार राई र उनकी पत्नी विष्णुमायाको मृत्यु भएको हो ।
धनकुमारको घटनास्थलमै र विष्णुमायाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस