यस कारण पनि ६० नै बनाउनुपर्छ । « प्रशासन
prasaLogo
११ पुष २०७३, सोमबार

यस कारण पनि ६० नै बनाउनुपर्छ ।


प्रकाशित मिति : 26 December, 2016 8:38 am

मेरो बिचारमा ६० वर्ष बनाउनु पर्छ । विशेष गरेर औषत आयुलाई हेर्नुपर्छ । औषत आयु बढेको हुँदा औषत आयु नै बैज्ञानिक आधार हो ।

पेन्सनमा राज्यको धेरै कोष खर्च हुने भएकाले पनि ६० हुनुपर्छ । पुराना कर्मचारीहरुको बिज्ञता अनुभवलाई हाम्रो निजामती सेवामा थप प्रयोग गर्न सक्छौं । त्यसैले पनि ६० बर्ष उमेर पु¥याउदा राम्रो हुन्छ ।

जनताको माझमा जाँदा पनि राम्रो हुन्छ । जनताले बुझाएको करवाट हामी कर्मचारी पालिएका हुन्छौ । मैले भन्दा औषत आयुको आधारमा बढाउनुपर्छ भन्ने हो । हुनसक्छ जनताहरुको राय पनि यही हुन सक्छ ।

निजामती कर्मचारीको उमेर ५८ गर्दा सेवामा पनि बिबिधता छ । जस्तो शिक्षकहरु, स्वास्थ्य सेवाकातिर, न्याय सेवाका कर्मचारीको पनि ६०, ६३ छ तर निजामती कर्मचारीको मात्र कम हुँदाखेरी सेवामा बिभेद भयो की भन्ने पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस