Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्वास्थ्य चौकीलाई दश लाखको जग्गा दान


१० पुस २०७३, आइतबार


बाबियाचौर (म्याग्दी) । म्याग्दीको निस्कोटका एक दम्पतीले स्वास्थ्य चौकीलाई दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा सहयोग गरेका छन् ।

निस्कोट–९ का खड्कचन पुन र उहाँकी श्रीमती निरु पुनले शनिबार गाउँ परिषद्को अवसरमा स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । पुन दम्पतीले दिवङ्गत बुबा तुलबहादुर पुनको स्मृतिमा उपलब्ध गराउनुभएको सो जग्गाको मूल्य दश लाख रुपैयाँ रहेको गाविस सचिव छवीलाल उपाध्यायले जानकारी दिनुभयो ।

तीन वर्षअघि स्तरवृद्धि भएको स्वास्थ्य चौकीको भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । जीर्ण र साँघुरो कोठा भएको भवनबाट सेवा प्रवाह हुँदै आएको छ । जग्गा प्राप्त भएपछि भवन निर्माण प्रक्रिया अघि बढाइने गाविस सचिव उपाध्यायले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस