Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पुल बन्यो, छेपारे-रिम्ना सडक बनेन


८ पुस २०७३, शुक्रबार


जाजरकोट । जाजरकोट-डोल्पा सडकको रिम्ना-छेपारे खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ । यस खण्डमा सम्बन्धित पक्षले सडक निर्माणमा बेवास्ता गर्दा यात्रु आवतजावत गर्न कठिनाइ भएको हो ।

यही खण्डको भेरी नदीमा पाँच महिनाअघि नै पक्की पुल बनेको छ । तर रिम्ना-छेपारे सडक निर्माण अझै सुरु भएको छैन ।

उक्त सडक निर्माण गरेर यातायात सञ्चालन गर्नु त परै जाओस्, कसले बनाउने भन्नेमै विवाद देखिन्छ । ६ सय मिटर दूरीको सडक सम्बन्धित निकायले बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको स्थानीयवासी जीवन खड्काले बताउनुभयो । “सडकको रिम्नास्थित भेरी नदीमा १० करोडको पुल बने पनि रिम्नादेखि छेपारेसम्मको बाटो बनेन,” खड्काले भन्नुभयो ।

रिम्नास्थित भेरी नदीमा अनक लुम्बिनी जेभी काठमाडौँले २ वर्ष लगाएर पुल बनाएको हो । खलङ्गादेखि रिम्ना र छेपारेदेखि तल्लुबगर हुँदै त्रिवेणीसम्मको सडकमा यात्रु आउ-जाउमा सहज भएको छ । तर छेपारेसम्म सडक निर्माणमा बेवास्ता हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत कठिनाइ भएको उहाँको भनाइ छ । “यो खण्डको सडक किन बन्दैन रु निर्माण जिम्मा कसको हो रु सडक नेपाली सेना र पुल निर्माण कम्पनीमध्ये कसले, किन ढिला गरेको हो रु”, उहाँले भन्नुभयो ।

यस बाटोमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री जनार्दन शर्मादेखि विभिन्न दलका नेता कार्यकर्ता र कर्मचारी खलखली पसिना चुहाउँदै हिँडेका छन् । सडक बनाउन भने कसैको ध्यान नगएको खड्काले भन्नुभयो । ६ सय मिटरको उक्त बाटोमा प्रतिक्विन्टल एक हजारसम्म ढुवानी खर्च लाग्ने गरेको व्यापारी दिनेश ओलीले बतानुभयो । “बाटो साँगुरो, भिरैभिर र अप्ठ्यारो हुँदा आवतजावत गर्न र मालसमान ढुवानीमा कठिनाइ छ,” उहाँले भन्नुभयो ।

दुईतिर यातायातका साधन गुड्छन् । बीचमा पैदल हिँड्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । नेपाली सेनाले जाजरकोट-डोल्पा सडकअन्तर्गत जाजरकोट खण्डको निर्माण पूरा गरेकै ३ वर्ष पुग्यो ।

सेनाले रिम्ना पुल छेउदेखि छेपारेसम्मको निर्माणलाई पन्छाउँदै आएको छ । त्यस्तै, पुल निर्माण कम्पनीले पनि पहुँचमार्ग निर्माणमा ढिलाइ गरेको र सडक डिभिजन, चौरजहारीले बेवास्ता गरेको पाइएको छ ।

पुलको पल्लो छेउ (छेपारे साइड) को एकसय ५० मिटर मात्र पहुँचमार्ग निर्माण अनक लुम्बिनी जेभीको जिम्मा भएको कम्पनीका इन्जिनियर दिनेश श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस