२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पपीडितलाई कृषि सामग्री वितरण

अ+ अ-

भक्तपुर । भक्तपुरका भूकम्प प्रभावित कृषकलाई दुई करोड नौ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न कृषि सामग्री अनुदानस्वरुप प्रदान गरिने भएको छ ।

भूकम्पका कारण कृषि क्षेत्रमा समेत प्रभाव परेको भन्दै राष्ट्रिय पुनःनिर्माण कोषले जिल्ला कृषि विकास कार्यालय मार्फत भूकम्प प्रभावितको रातो र सेतो परिचयपत्र पाएका कृषकलाई कृषि सामग्री अनुदान दिइन लागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिनुभयो ।

भूकम्प प्रभावितलाई व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले कृषि सामग्री प्रदान गर्न लागेको बताउँदै उहाँले भूकम्प प्रभावित कृषक, कृषक समूह वा कृषि सहकारीमार्फत आवेदन आह्वान गरेको जानकारी दिनुभयो ।

कृषि कार्यालयले ९० प्रतिशत अनुदानमा धान, गहुँ झार्ने थ्रेसर ३०, विधुतीय मकै छोडाउने मेसिन ६, खेत जोत्ने मिनि टिलर २१, सिँचाइ प्रयोजनका लागि डिप इरिगेसन ६४ र १० हजार लिटर क्षमताको रेन वाटर हारभेस्टिङ प्लास्टिक पोखरी ६४, पानी तान्ने पम्प आठ र भण्डारण ब्याग १२ हजार आठसय ५७ वटा प्रदान गर्ने कृषि कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो ।

कोषले प्रदान गर्ने अनुदान प्राप्त गर्नका लागि भूकम्प प्रभावित कृषकले नागरिकताको प्रतिलिपि, भूकम्पपीडित परिचयपत्र र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि समावेश गर्नुपर्ने प्रावधान रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस