१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राउटेले लगाएको तरकारीले बजार पाएन

अ+ अ-

डडेल्धुरा । केही वर्ष पहिलेसम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए ।

जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् । राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका भए पनि तरकारीले बजार नपाउँदा र लगानी अनुरुपको तरकारीको मूल्य पनि बजारमा नहुँदा चिन्तित बनेको राउटेका मुखिया खड्कसिंह राउटेले जानकारी गराउनुभयो ।

अन्य व्यावसायिक कृषक जस्तै मुख्य पेसा तरकारी व्यवसाय बनाएका राउटेले लगाएको तरकारीमा बन्दा, काउली, आलु र अन्य तरकारी समेत वजारमा खपत नहदा पहिलोपटक व्यावसायिक तरकारी उत्पादनमा लागेका राउटे अगुवा कृषक हतोत्साही हुनाका साथै व्यवसाय नै छोड्ने मनसाय बनाइरहेको तरकारीका क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाको भनाइ छ ।

परशुराम नगरपालिकाको जोगबुढा र शीर्ष क्षेत्रका कृषकले लगाएको तरकारी बजारमा खपत नहुँदा कृषक पिरोलोमा परेका छन् । भित्री मधेसको आलितालको विभिन्न क्षेत्रमा लगाएको बन्दा र काउली, मुला र हरियो तरकारीले उचित मूल्य नपाउँदा कृषक फेरि पुख्र्यौली खेतीतिर फर्कने मनस्थिति रहेको जोगबुढा आमपानीका दानसिंह राउटेले बताउनुभयो ।

करिब तीन रोपनी जमिनमा तरकारी उत्पादन समेत राम्रो भएको तर बजारका लागि स्थानीय स्तरमा खपत हुन नसकेर जिल्ला सदरमुकाममा सस्तो मूल्यमा दिनु परेको कृषकको भनाइ छ ।

उत्पादन भएको तरकारीलाई समयमा बेचबिखन गर्न नसके सडेर खेरजाने भएकाले पनि सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता रहको र सस्तोमा दिँदा पनि उत्पादन अनुसारको तरकारी खपत भइनरहेको राउटेकोे भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस