संशोधन फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतराः रावल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संशोधन फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतराः रावल


६ पुस २०७३, बुधबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले मुलुकमा संविधान संशोधनको औचित्य नरहेकाले सरकारले त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने बताएका छन् ।

संविधान संशोधनको प्रस्तावमा असहमति जनाउँदै आएका विभिन्न दल निकट युवा तथा विद्यार्थीको संयुक्त मोर्चाले मंगलवार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै रावलले राष्ट्र र जनताको हितमा नरहेको प्रस्ताव समयमै सरकारले फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतरा औंल्याए ।

नेकपा मालेका महासचिव सिपी मैनालीले विश्वमा अभ्यास भइरहेका विभिन्न संविधानको अध्ययन तथा मुलुकको आवश्यकताको अध्ययनपछि ल्याइएको अहिलेको संविधान उत्कृष्ट रहेको बताउँदै यो मधेसमैत्री रहेकाले संविधान संशोधनको खाँचो नरहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले मुलुकको आवश्यकता पूरा गर्न नभई विदेशीको इसारामा ल्याइएको प्रस्तावले मुलुकको विखण्डन गर्ने तथा जनताको एकतामा अवरोध पुर्याउने हुँदा त्यसतर्फ चनाखो भई प्रस्तावलाई अगाडि बढाउन दिन नहुने विचार व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस