म्याग्दी । मुस्ताङको उपल्लो क्षेत्रको घमी गाविस ढाकरमा आइतवार बाढी आउँदा आठवटा काठेपुल बगाएको छ ।
पहिरोका कारण जोमसोम–कोरला राजमार्ग अवरुद्ध बनेको छ । नजिकैको हिमालबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले जानकारी दिएका छन् ।
घमीलगायत उपल्लो मुस्ताङको छवटा गाविसका बासिन्दा जाडो छल्न बेशी झरेका छन् । त्यहाँ रहेको अस्थायी प्रहरी विटसमेत चर्राङको तल्लो क्षेत्रमा स्थानान्तरण गरिएको छ । रासस