– सुदूरका धेरै गरिब गस्तीहरु,
– जातीय विभेदले सधै हेपिएका,
– शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता पूर्वाधारहरुको पहुँचबाट धेरै टाढा,
– २०५७/५८ पछि देशमा आन्दोलन मच्चियो,
– आन्दोलनमा होमिएको नेकपा माओवादीले आफ्नो पार्टीको लागि यस्तै–यस्तै बस्तीहरुको प्रयोग गर्न थाल्यो,
–कमजोर पारिवारिक अवस्था, अशिक्षित, दलित, महिला तथा बालबालिकाहरुको प्रयोग गरियो,
– देशका लागि भनेर गर्नु गरे, नगर्नु गरे,
– सबैलाई अधिकार दिने, खान लाउन दिने, सबै आवश्यकता पुरा गर्ने भनियो,
– कतिपयले ज्यान गुमाए, कतिपय घरवार विहीन भए, कयौ विधवा हुनपगे, कयौं अंङ्गभङ्ग भए,
– तिनै मध्येका एक पात्र हुन् गोरे लुहार जो १० वर्षसम्म युद्धमा होमिए,
– सुरुवातदेखि नै पार्टीका लागि रातदिन खटिए,
– नेता कार्यकर्ता सबैका प्यारा थिए,
– देशमा शान्ति छायो, पार्टी सरकारमा गयो,
– उच्च ओहोदाका नेताहरु राजधानी हानिए,
– गोरे गाउँतिर फर्के, – केही दिन पार्टीको आशमा बिताए,
– कोही नआएपछि त्यही १० पहिले छाडेको घर सुघारमा लागे,
– पार्टी सरकारमा गएको पनि ठिक १० वर्ष हुन थाल्यो,
– तर ति गरिब बस्तीहरुमा न नेता फर्के, न त कार्यकर्ता नै,
– सबै नेताहरुले राजधानीमा दश तले घर बनाएको छ भन्ने खबर गोरेले सुनि रहदा,
– २० वर्ष पहिलेको घटना सम्झिन्छन् र भन्छन् खै हाम्रो अधिकार,
– गोरे अहिले बेसाहारा भएका छन्,
– जोस जागर मरेको छ,
– अझै पनि चिन्ता गर्छन देशको र एक गासको ।