Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

परिवर्तनलाई जोगाउन हामी सबै जनतामा जाऔंः प्रधानमन्त्री


प्रशासन विशेष ब्युरो

२७ मंसिर २०७३, सोमबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले संस्थागत गरेका परिवर्तनका मुद्धाहरु जोगाउन जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

सोमबार पार्टीका प्रदेश नम्वर तीनका नेता, कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अहिले विभिन्न गिरोहको सहयोगमा माओवादी विरुद्ध आन्दोलनको षड्यन्त्र हुँदैछ । संघीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्धाका विरुद्ध केही दल र नेताहरु लागेका छन् । हिजो उनीहरुले हृदयदेखि नै परिवर्तन स्वीकारेका थिएनन्, जनयुद्धको राप र तापका कारण बाध्यतावश मानेका थिए । आज माओवादी आन्दोलन केही कमजोर भएको देखेर यी सबै उपलब्धिलाई उल्टाउन खोजिँदैछ । त्यसका लागि जनतालाई भ्रम पार्न खोजिँदैछ । त्यसैले परिवर्तनलाई जोगाउन अब हामी सबै जनतामा जाऔं ।’

पोलिटब्यूरो बैठकले संगठनको गतिरोध चिरेकोमा जोड दिँदै प्रशिक्षणमा प्रधानमन्त्रीले भन्नुभयो, ‘भर्खरै सम्पन्न पोलिटब्यूरोको बैठकले संगठनात्मक गतिरोध चिरेको छ । अब अधिवेशनमार्फत् व्यवस्थित संगठनको जग बसाल्नेतिर हाम्रो ध्यान केन्द्रित गरौं । अभियान बनाएर जनतामा जाऔं । सबैको मूल्याङ्कन अभियान र जनसेवाले गर्छ । यसले जनतामा नयाँ आशा र माओवादी आन्दोलनमा एकताको वातावरण पनि बन्नेछ ।’

माओवादीहरुबीच फेरि पनि एकताको आधारमा बन्दै गएको भन्दै दाहालले भन्नुभयो, ‘माओवादीहरु बिभाजित हुँदा प्रतिगामीले टाउको उठाए, अब नयाँ शिराबाट माओवादी आन्दोलन ध्रुवीकरण हुन्छ । त्यसको गृहकार्य भइरहेको छ । तपाईहरु पनि जनतामा गएर एकता र जनसेवाको वातावरण निर्माण गर्नुहोस् ।’ प्रशिक्षण कार्यक्रममा बैशाखको पहिलो हप्ताभित्रै स्थानीय निर्वाचन गर्ने तयारीमा सरकार रहेको दाहालले बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस