जुम्ला पुगिन् भुन्टी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जुम्ला पुगिन् भुन्टी


प्रशासन विशेष ब्युरो

१२ मंसिर २०७३, आइतबार


जुम्ला । स्थानीय चन्दननाथ मन्दिरबाट चोरी भएका मुर्तिहरुको खोजी तथा चोर पक्राउ कार्यका लागि क्षेत्रीय प्रहरी कार्यालय नेपालगंजबाट तालिमप्राप्त कुकुर जुम्ला पठाईएको छ ।

चोरिएका मुर्तिहरुको खोजिकालागि सम्भाव्य सबै नाकाहरु बन्द गरी ब्यापक खोज तलास भइरहेको र थप अनुसन्धानकालागि भुन्टी नामको तालिमप्राप्त कुकुर प्लेनबाट जुम्ला पठाइएको मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद नेपालले जानकारी दिनुभएको छ ।

kukur-1

मुर्तिचोरी भएको खबर आउने वित्तिकै जिल्लास्थित मुख्य–मुख्य सबै नाकाहरु बन्द गरी अनुसन्धान कार्यलाई तिव्र पारिएको र चाडो भन्दा चाडो चोर पक्रिने नायव महानिरीक्षक नेपालले बताउनु भयो ।

“मुर्तिचोरलाई तत्कालपक्राउ गर” भन्दै चन्दननाथ मन्दिर परिसरमा जम्मा भएका भक्तजन तथा स्थानीय जनता बिहानै देखि नारावाजी गरिरहेका छन् । भिड एकाएक बढ्दै जाँदा जिल्लास्थित सबै युनिटको प्रहरी पठाउदा पनिअपुग भएपछि तत्काल कालिकोटबाट प्रहरीको टोली जुम्लातर्फ पठाइएको छ भने अञ्चल तथा गुल्मबाट पनि थप टोली पठाउने तयारी रहेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

यसैवीच, नागरिक समाज जुम्लाले विज्ञप्ती जारी गरी प्रहरी प्रशासनकै अगाडि मूर्ति चोरी हुनुले प्रहरी प्रशासन निरीह बनेको आरोप लगाएको छ । समाजले मूर्ति चोरीका बारेमा कुनै शंकास्पद सूचना भए तत्काल प्रहरीलाई खवर गर्न पनि आग्रह गरेको छ ।

15209133_1170527016377462_1315391389_n

प्रतिक्रिया दिनुहोस