पँधेरो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पँधेरो


प्रशासन विशेष ब्युरो

४ मंसिर २०७३, शनिबार


पँधेरो

मनभित्र

अलिकति— ‘आँशु’

अलिकति— ‘खुशी’

अलिकति— ‘माया’ का कण

ऊ—

मिसाएर बनाउदै थिई ‘पँधेरो’

को हो ?

अचानक, अंजुली उवाई
पिउने— ‘कल कल’

ऐले
त्यही पँधेरोमा
लाग्छ, सम्झनाका डोब मात्र बाँकि होलान्…!

*****

मान्छेहरूको चाप सुक्दै गएका बाटाहरू
जति उदास देखिन्थे ?

त्यो भन्दा बढी— ‘ऊ’

किनकी
ऊ कसैको मनको बाटो
हिड्न सकेन

*****

Tags :
प्रतिक्रिया दिनुहोस