राजनीतिक दलका प्रवासी संगठन मात्र कमाउ धन्दामा लागेका छन् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राजनीतिक दलका प्रवासी संगठन मात्र कमाउ धन्दामा लागेका छन्


प्रशासन विशेष ब्युरो

२५ कार्तिक २०७३, बिहिबार


जहाजमा चढ्नेका मात्र लगत राख्ने कुसंस्कार
भारतमा रोजगारीकालागि दैनिक सयौंको संख्यामा नेपालीहरु जाने गरेका छन् । खुल्ला सीमाका कारण कति जान्छन् भन्ने यकिन तथ्यांक नभएपनि त्यसरी भारत काम गर्न जाने नेपालीको संख्या ४० देखि ५० लाख भएको अनुमान छ । नेपालका अन्य जिल्लाबाट पनि नेपालीहरु भारत जाने गरेको भएपनि विशेषतः मध्य र सुदूरपश्चिका जिल्लाबाट ठूलो संख्यामा भारतमा कामको खोजीमा जाने गरेका छन् । यति ठूलो संख्यामा नेपालीहरु भारतमा रहेपनि राज्यले उनीहरुलाई प्राथमिकतामा राखेको छैन । अर्थात् भारतमा रोजगारीकालागि जानेहरुलाई सरकारले बैदेशिक रोजगारीमा जाने मुलुकको सूचिमा नै राखेको छैन । त्यही भारतबाट कमाइ गरेर नेपालीहरुले ठूलो रकम नेपाल भित्र्याए पनि राज्यले उनीहरुलाई प्राथमिकतामा नराख्नु विडम्वना हो । भारतमा बसेर काम गर्दा होस् वा घर फर्किंदा उनीहरुले निकै दुखकष्ट व्यहोर्ने गरेका छन् ।

तथ्यांक नै छैन
भारतमा काम गर्न जाने नेपालीहरुमध्ये मध्य र सुदूरपश्चिमका जिल्लाबाट जानेको संख्या धेरै छ । सरकारले यसलाई नीति बनाएर व्यवस्थापन गर्नुपर्ने हो । तर यसमा सरकारले वेवास्ता गरेको छ । नेतादेखि सरकारी निकायका सम्वन्धीत प्रशासकहरुले बोल्ने भाषा एउटै हुन्छ भारतमा चालिस पचास लाख नेपाली होलान् । मात्र यति हो । यकिन तथ्यांक नै छैन । हामीले डोटी, अछाम र कञ्चनपुरमा गरेको अध्ययनबाट के पाइएको छ भने यी तीन जिल्लाबाट ८० प्रतिशत घरको मान्छे आफ्नो जीवनकालमा एक पटक भारत पुग्ने गरेकाछन् । यसबाट के बुझिन्छ भने भारत जाने मध्ये सुदूरपश्चिमका बढी छन् । अहिले पनि त्यहाँका करिब २८ प्रतिशत मानिस भारतमा नै छन् ।

सीमामा लुटपाट
बैदेशिक रोजगारीकालागि तेस्रो मुलुक अलि पढेलेखेका र अलि हुनेखाने नै जाने हुन् । भारत जाने भनेको अलि अनपढ र चरम गरिवीका मानिस जाने हुन् । जो तेश्रो मुलुकमा जान सक्दैन उ भारत जान्छ । त्यहाँ पनि उनीहरुले धेरै अप्ठ्यारा सहेर कमाइ गरेर ल्याउने हुन् । तर त्यसरी कमाइ गरेर ल्याएको रकम घर नआइपुग्दै बसमा, रेलमा र अझ बढी त नेपाल भारत सीमा नाका गड्डाचौकी, गौरीफन्टा लगायतका नाकाहरुमा लुटाउनु पर्छ । उनीहरुलाई दुवै देशका सुरक्षाकर्मीले सताउने गरेका छन् । बढी मात्रामा भारतीय सुरक्षाकर्मीले विभिन्न बहानामा लुट्ने गरेका छन् ।


अझ महिलालाई त सीमा नाकामा झनै समस्या हुने गरेको छ । सुरक्षाकर्मीले सीमा नाकामा सुरक्षा जाँच गर्ने नाममा पुरै शरीर छामछुम पार्नेदेखि दुव्र्यवहार गर्ने गरेका छन् ।

कामदारले २५ हजार भारतीय रुपैयाँ बोकेर ल्याउन पाउने प्रावधान छ । त्यसमा पनि भारतीय सुरक्षाकर्मीले विभिन्न डर देखाएर नेपाली कामदारसँग रकम लिने गरेका छन् । यो नियम आफैमा ठीक पनि छैन किनभने भारतमा नेपाली कामदारलाई बैंक खाता खोल्न त्यति सहज छैन । वर्षभरी कमाएको पैशा बोकेर ल्याउदा कानुनी डर देखाउदै लुट्ने उता बैंकबाट पठाउँदा खाता खोल्ने समस्या । यसले थप जटिलता भोग्नु परेको छ ।

यो समस्या बर्षौदेखि रही आएको भएपनि त्यसलाई समाधान गर्ने तर्फ सरकारको ध्यान गएको छैन । यतिसम्म हुन्छ कि घर आउँदा बाटोमा ऊ लुटियो भने फेरि बाटैबाट भारत फर्किन्छ, उसको ऋण बढ्छ र केहीले त कमाएको सवै सकियो भनेर आत्महत्या गरेका उदाहरण समेत छन् । सरकार सुन्छ संचारमाध्यमले समाचार बनाउँछन त्यति हो ।

अझ महिलालाई त सीमा नाकामा झनै समस्या हुने गरेको छ । सुरक्षाकर्मीले सीमा नाकामा सुरक्षा जाँच गर्ने नाममा पुरै शरीर छामछुम पार्ने देखि लिएर दुव्र्यवहार समेत गर्ने गरेका छन् । महिलालाई चेकजाँच गर्दा महिला सुरक्षाकर्मि नै हुनुपर्ने भएपनि सिमा क्षेत्रमा नेपाल भारत दुवै तर्फका चेकपोष्टहरुमा महिला सुरक्षाकर्मी नभएको अवस्था छ ।


नेपालका हरेक राजनीतिक दलका प्रवासी संगठन भारतमा पनि छन् । उनीहरुले साँस्कृतिक कार्यक्रम गर्ने भनेर टिकट कटाउने र नेपाली नेता घुमाउने भन्दा केही काम गरेका छैनन् । मात्र कमाउ धन्दामा लागेका छन् ।

त्यसैगरी टाँगावालाले समेत उनीहरुलाई लुट्ने गरेका छन् । भारतीय लगानीमा नेपालीको नाममा संचालित यस्ता टाँगाहरुले उसैपनि नेपाली भनेपछि बढी पैशा असुल्न खोज्छन् । त्यसैमाथि घर फर्किदा पोका पन्तुरा देखेपछि त झन् बार्गिनिङमा उत्रिन्छन् त्यति गर्दा पनि भएन भनेर सम्बन्धित ठाउँसम्म नै नपुर्याई आधा बाटोमा नै झार्ने गरेका छन् । जसको सुनुवाइ गर्ने स्पष्ट निकाय नहुँदा टागाबाट समेत नेपालीहरु दिनहुँ लुटिँदै आएका छन् ।

बेपत्ता हुने क्रम बढ्दो
भारतमा काम गर्न जाने नेपालीहरु बेपत्ता हुनेक्रम पछिल्लो समय बढेको छ । काम गर्न गएको दुई तीन बर्ष देखि चार पाँच बर्षसम्म सम्पर्कमा आउने तथा पैशा समेत पठाउने गरेको भएपनि त्यसपछि सम्पर्कमा नआउने गरेको पाइएको छ । डोटी, अछाम र कञ्चनपुर लगायतका जिल्लामा गरिएको एक सर्भेक्षण अनुशार १ सय ४१ जना बेपत्ता भएको पाइएको छ ।

बेपत्ता हुने धेरै कारण रहेछन् । कुनै व्यक्ति सानोमा भारत गयो अनि उतै बस्यो, पछि उसलाई घर कहाँ हो, आफन्त को हुन् भन्ने नै थाहा नहुने रहेछ । तथ्याँक संकलनका क्रममा यस्ता व्यक्ति पनि भेटिए जो आफ्नो घरपरिवार, आफन्त चिन्न नसकेर पुनः भारत फर्किएकाछन् ।

अर्कोथरी व्यक्तिहरु लामो समयसम्म भारतमा काम गरेर बस्छन् । उतै बिहे गरेर घरजम गरेर बसेका पनि भेटिएका छन् । जो नेपाल फर्किन चाहदैनन् र परिवारको सम्पर्कमा पनि आउन चाहदैनन् ।


कार्यस्थलमा मारिने, दुर्घटनामा पर्ने तथा बिभिन्न कारण हत्या हुने लगायतका विविध कारणबाट बेपत्ता हुने गरेका देखिएको छ । हराएकाहरुलाई खोज्न त्यति सहज छैन । घरबाट जाँदाखेरी एक ठाउँ भनेर गएको हुन्छ । सधै एकै ठाउँमा भेटिदैन ।

अनि अर्को कार्यस्थलमा मारिने, दुर्घटनामा पर्ने तथा बिभिन्न कारण हत्या हुने लगायतका विविध कारणबाट बेपत्ता हुने गरेका देखिएको छ । हराएकाहरुलाई खोज्न त्यति सहज छैन । घरबाट जाँदाखेरी एक ठाउँ भनेर गएको हुन्छ । सधै एकै ठाउँमा भेटिदैन । बिचैमा कामको लागि अर्कोतिर पनि गएको हुनसक्छ । खोजीकालागि भनेर गएको ठाउँमा पुग्दा रित्तै फर्किनु पर्ने हुन्छ ।

भारतमा भएका छरछिमेक, आफन्त, नातागोता यताउति सोध्यो कहिँ पत्ता नलागे पछि माया नै मारेर बस्यो, यो अवस्था छ परिवारको । हराएको व्यक्ति खोजी गर्ने प्रक्रियाबारे परिवार अनविज्ञ छन् । अनि खोजीकालागि सहजीकरण गर्ने निकाय पनि छैन । गाउँबाट दिनभरी हिँडेर आयो सदरमुकाम पुग्दा सम्बन्धित निकाय नै छैन । वेपत्ता हुने समस्याले निम्त्याउने मानसिक, आर्थिक, सामाजिक समस्याले परिवारका सदस्यहरुमा थप जटिलता निम्त्याउने गरेको छ । सिँगो परिवारको हेरविचार गर्ने एक्लो छोरा हुनेहरुका लागि त अझ बढी ।

सुुदूर पश्चिमका जिल्लाहरुमा कलिलै उमेरमा विवाह गर्ने चलन छ । विहे गरेको केही समयमै कमाउन भारत पसेकाहरु उतै वेपत्ता भई दिँदा श्रीमतिले सबैभन्दा बढी कठिनाई भोग्नु पर्छ । धेरै जसोको विहे दर्ता हुँदैन । बच्चाको जन्मदर्ता हुँदैन ।जीबनको सहारा गुमाउनुको पीडा त छँदैछ त्यसपछि राज्यबाट पाउनुपर्ने सेवा र सुविधाहरुबाट समेत बञ्चित हुनुपरेको अवस्था छ । त्यसैगरी सम्पत्तिको बाँडफाँटमा समस्या, सामाजिक सुरक्षा भत्ता लगाएत कानुनी प्रक्रियामा हुने अन्य सबै अल्झनहरुले उनिहरु सबैतिरबाट वञ्चित भएको अवस्था छ । हेर्नुस् त मृत्यु प्रमाणिकरण नहुँदा कति समस्या झेल्नुपर्छ उसको परिवारले ?

रिसाउँछ सरकारी निकाय
हामीले मध्य र सुदूरपश्चिम जिल्लाबाट भारत गएर बेपत्ता भएकाहरुको तथ्यांक सार्वजनिक गरेपछि सरकारी निकाय प्रहरी प्रसासन र केही प्रमुख जिल्ला अधिकारी रिसाउनुभयो । पछि केन्द्रबाटै सहसचिवको नेतृत्वमा खोजविन समिति वनाएर फिल्डस्तरसम्म एउटा टोली गएको थियो । त्यसपछि त केही सुधार हुनुपर्ने तर केही भएको छैन ।

सचेतना छैन
भारतमा काम गर्न जाने नेपाली आफ्नै कारण पनि समस्यामा पर्ने गरेका छन् । सीमामा लुटिनुदेखि एचआइभी एड्स जस्तो भयानक रोग लिएर आउनुमा कामदारहरुको आफ्नै हात छ । उनीहरुको प्रमुख समस्या मादक पदार्थ सेवन हो । विहानैदेखि रक्सी खान्छन् । रक्सी खाने अनि जोपायो त्यहीसँग असुरक्षित यौन सम्पर्क गर्ने । त्यस्तै घर फर्किंदा रक्सी खाएर झुलमान भएर आउने । हो त्यसैले आफूपनि सचेत हुनुपर्ने अवस्था छ । आफै रक्सि खाएर टिल भएपछि लुटिनु स्वभाविकै हो ।


सीमामा लुटिनुदेखि एचआइभी एड्स जस्तो भयानक रोग लिएर आउनुमा कामदारहरुको आफ्नै हात छ । उनीहरुको प्रमुख समस्या मादक पदार्थ सेवन हो । विहानैदेखि रक्सी खान्छन् ।

प्रवासी संगठन बेकामे
नेपालका हरेका राजनीतिक दलका प्रवासी संगठन भारतमा पनि छन् । उनीहरुले साँस्कृतिक कार्यक्रम गर्ने भनेर टिकट कटाउने र नेपाली नेता घुमाउने भन्दा केही काम गरेका छैनन् । मात्र कमाउ धन्दामा लागेका छन् । उनीहरुलाई प्रवासमा नेपालीले भोग्नुपरेका दुःख पीडाका बारेमा सवै थाहा छ । यदि राजनीतिक दलले आफ्ना संगठनसँग यस बारेमा रिपोटिङ् लिएर समाधान गर्न चाहेको खण्डमा समाधान निस्किदैन र !

सुधारको पहल
पछिल्लो अवधिमा सुधारकालागि पहल हुँदै नभएका त होइनन् तर त्यसलाई विशेष कार्यक्रमकै रुपमा अघि बढाउनु पर्ने देखिन्छ । जस्तोः डोटीमा जिल्ला परिषदबाटै भारत जानेको तथ्यांक अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ । भारत जानेले अनिवार्यरुपमा गाविसमा नाम लेखाउनु पर्ने र नलेखाए सरकारी सुविधा नदिने भनेर कडाइ गर्यो भने सबैले अनिवार्य रुपमा त्यसको पालना गर्छन् । त्यसैले यसलाई सरकारले विशेष कार्यक्रमकै रुपमा अघि बढाउन सकेको खण्डमा केही मात्रामा लगत राख्न सकिने छ । पछिल्लो समय विभिन्न संघसस्थाको पहलमा परिवारले वेपत्ताको नाम लेखाउन भने थालेका छन्, जसलाई राम्रो प्रयासका रुपमा लिन सकिन्छ ।

समाधान
नीति बनाउँदाखेरी नै बैदेशिक रोजागारीमा जाने मुलुकको सूचीमा  भारत भन्ने शव्द राख्नुप¥यो । सीमामा डेस्क स्थापना गर्नुुपर्छ र लगत राख्नुपर्छ । यसबाट तथ्यांक आइहाल्छ नि । तेस्रो मुलुक जाने नेपाली कामदारको सरकारले वीमा गर्ने गरेको छ । भारत काम गर्न जानेको पनि वीमा गर्नुपर्छ र कल्याणकारी कोष स्थापना गर्नुपर्छ ।

खाडी मुलुकमा नेपाली समस्यामा पर्यो  भने सरकार गम्भीर भएर लाग्छ उसको उद्धारका लागि तर भारतमा मतलबै छैन । त्यसैले बैदेशिक रोजगारीमा जाने सबै नेपालीलाई समान व्यवहार गर्नुपर्यो  । भारतमा नेपालीले बैंक खाता खोल्न पाउँदैन । नेपालीले बैंकबाट पैसा पठाउँदा एक पटकमा पचास हजार रुपैयाँ भन्दा बढी पठाउन पाउँदैन । यसको लिमिट बढाउनु प¥योे । सरकारको उच्च तहबाट पहल गरी बैंक खाता खोल्ने व्यवस्था गर्नुप¥यो । त्यस्तै भारतबाट नेपाल टेलिफोन गर्न महंगो शुल्क तिर्नुपर्छ । त्यसलाई सस्तो बनाउन सरकारले पहल गर्नुप¥यो । खुल्ला सीमा भनेर राज्य पन्छिन मिल्दैन । यति धेरै संख्यामा नेपाली कामदार भारतमा छन् र उनिहरुले त्यतिकै मात्रामा पैशा नेपाल पठाउछन् भने उनिहरुका लागि राज्यले पनि त केही लगानी गर्नुपर्यो नि ।

मढै निड्स नेपालका कार्यक्रम प्रवन्धक हुन्

Tags :
प्रतिक्रिया दिनुहोस