३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेमको जनमत

अ+ अ-

यौटा आत्माको अपुरो मिलन, यो जति दर्दनाक घाउ अरु कुनै हुँदैन होला । न यसलाई किमो दिन सकिन्छ न चिरफार गर्न नै सम्भब छ । जटिल क्यान्सर बनेको छ प्रेम ! यसले मानिसलाई जिउदै जलाउछ, त्यो आगोको ज्वालाभित्र जलेको मानिस न बच्न सक्छ न मृत्यु अंगाल्न सक्छ ।

शरीर जलाउने आगो त अरुले पनि देख्छन्, निभाइदिने कोसिश पनि गर्छन्, अस्पतालसम्म पु¥याउने प्रयास पनि हुन्छ तर यो अपुरो प्रेममा जलेको आत्मालाई बाहिरबाट कसैले देख्दैन, न त्यसलाई निभाइदिने कसैले कोसिश गरिदिन्छ, न त अस्पताल लग्न नै कसैले मद्यत नै गर्छ, न त त्यो जलेको मुटु फेर्ने डाक्टर नै भेटिन्छ अस्पतालमा ।

हो, आज यो समाज यस्तै धेरै धोकाहरुको अनगिन्ती तारहरुले जेलिएको छ, जहाँ प्रेम गर्नेहरु तड्पियर त्यहि जालोमा बेरिएकाछन्, त्यसलाई न आफु फोडेर निस्कन सक्छन्, न अरुको सहायता नै पाउछन् । पवित्र प्रेमको परिभाषा आज त्यहि क्यान्सर रोग बन्छ, त्यहि जलिरहनु पर्ने, अस्पतालको शैयासम्म नसिब नहुने, खरानी पनि बन्न नसक्ने, तड्पाइमा नै मरेर बाँचिरहने, त्यो जटिल साङ्लो काडाको तार भित्र जगडियर बाच्नु पर्ने हुन्छ आजको प्रेममा । आजको दुनियाले सच्चा प्रेमलाई यहि परिभाषा लगाइदिएको छ ।

हो, हरेक प्रेममा बलिदान जरुरी थियो, लैला मज्नु, मुना मदनको प्रेममा पनि बलिदानकै कथा लेखियो । आखिर प्रेम भनेकै बलिदानको यौटा चित्र रहेछ, सफल प्रेम या असफल प्रेम । यसलाई कसरी परिभाषित गर्ने ? प्रेम सफल कसरी हुन्छ ? प्रेममा किन त्याग मात्र गर्नु पर्छ ? यो त्यागको मूल्य फेरि किन सुन्य हुन्छ ? यी र यस्ता धेरै प्रस्नहरुको जवाफ खोज्न कोहि बैज्ञानिकहरु पनि लागेको पाइदैन । हरेक रोगको औषधि खोज्ने बैज्ञानिक जन्मिए यो संसारमा तर यो जलेको मुटुलाई कुन औषधिले निको पार्छ त्यो अनुसन्धानसम्म पनि गरिदैन भने त्यसको दबाई भेटिने सम्भावना नै छैन ।

यसको उपचार असम्भब छ त्यसैले त साचो प्रेम गर्नेहरुको मुटु धुजा धुजा भएर फाटेको छ । रोकथाम कसरी गर्ने ? अनि झन् झन् त्यो क्यान्सर फैलिदै जान्छ, त्यो आगो निभाउने कोहि नहुँदा झन् अझ त्यसले ज्वालाको ठुलो रुप लिन्छ । त्यो जन्जिरबाट झिक्ने कोहि नहुँदा छिया छिया बनाएर रगताम्य हुन्छ । साचो प्रेमले पाउने सजाए यहि हुन्छ, त्यसैले होला आज दुनियामा प्रेम मर्न थाल्यो, यसलाई जन्माउने आमाहरु पिजडामा छट्पटाइ रहेकाछन् अनि अब यसको जन्म कसरि हुन्छ र त्यसैले आजकल प्रेम लोप हुदै छ, यसको जन्म हुन अब कसरी सक्ला !

आमाहरुको कोख नै बाझो बनाउने सड्यन्त्र हुदैछ, अब त प्रेम पैसालाई भनिन्छ । आत्माको ढुकढुकीमा होइन पैसामा प्रेम हुन्छ । यौटाले अर्कोलाई बेच्छ, आजकल प्रेमको परिभाषा यसरी लगाउन थालिएकोे छ ।

न मुटु नै पोल्ने क्यान्सर सहनु परोस्, न आगो भित्र जल्नु परोस्, न त ति जन्जिरको सामना । बस् पैसा दियो लियो काम सकियो छोडी दियो, आज देखिएका प्रेमका परिभाषा लगाउनेहरु भन्ने गर्छन्, तिमि खुसि हुन चाहन्छौ भने तिमि उसलाई बिर्सिदेउ जसलाई तिमि प्रेम गर्छौ !

आजको प्रेममा खुसि हुनु छ भने उसलाई बिर्सनु पर्यो  रे, जसलाई हामी मुटु भित्र राख्छौ त्यसको नाम प्रेम हो । आज यस्तो परिभाषा लगाउछन् प्रेमको ।

प्रेम बिर्सने कुरा होइन, त्यो किनबेच र मोलमोलाईको साधन होइन त्यो खै कसरी पत्ता लगाउने ?

प्रेमलाई मेट्ने रबड यो दुनियामा बन्या छ कि ?

त्यो रबड कहाँ होला कतै त्यो मिल्छ कि ?

आजका सच्चा प्रेममा पागल हुनेहरु हो अब त्यो रबड खोज रे, अनि मात्र तिम्रो खुसि हुने दिन आउछ रे, प्रेमलाई पूजा होइन, मेटायर समाप्त गर्दा दुनिया खुसि हुन्छ रे,

तिमि पनि यो दुनियामा खुसि हुन चाहन्छौ भने प्रेमलाई पैसामा साट्न सिक,

प्रेमलाई बलिदानमा होइन, यौटा रबड खोजेर मेटाइदिन सक । यहि भन्छन् आज प्रेमका परिभाषा लाउनेहरु । प्रेमलाई ध्वस्त पार्न सिक, अनि तिमि खुसि हुने छौ रे, यहि छ आज प्रेमको असली रुप ।

यहाँ यौटा प्रश्न पनि जन्मिन्छ, हिजोको प्रेम ठिक कि आजको ?

हिजोको प्रेम मुटुमा हुन्थ्यो, आजको प्रेम पैसामा, हिजोको प्रेमलाई निकाल्न असम्भब छ, आजको प्रेम लाई त बेच्न सकिन्छ ।
त्यसकारण अब यसको तुलना गर्नै पर्छ, कुन प्रेम सहि यो प्रश्नलाई आज समाजमा राख्नु छ ।

बहुमतको कदर हुने यो दुनियाँ हो, त्यसैले प्रेमको यो दुइटा परिभाषाको जनमत गर्नु जरुरी छ, कुन प्रेम सहि जनमतको निर्णयलाई मान्नु जरुरी ठहरिन्छ, अब गरौ प्रेमको जनमत । यो कलियुगमा प्रेमको सहि परिभाषा पत्ता लगाउनु जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस