Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपप्रधानमन्त्री महरा पाकिस्तान प्रस्थान


प्रशासन संवाददाता

८ भाद्र २०७३, बुधबार


दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आठौँ अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा पाकिस्तानतर्फ प्रस्थान गर्नुभएको छ ।

उपप्रधानमन्त्री महरा आज राति ९ः३० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिनुभयो । उहाँसँग परराष्ट्र मन्त्रालयका सहसचिव मणि भट्टराई र अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याललगायत सहभागी हुनुहुन्छ ।

यही अगस्त २५ र २६ तारिखमा पाकिस्तानको राजधानी ईस्लामावादमा हुने बैठकमा सहभागी भई उपप्रधानमन्त्री महरा अगस्त २७ तारिख स्वदेश फर्कनुहुने कार्यक्रम छ । बैठकमा क्षेत्रीय व्यापार तथा लगानीका विषयमा छलफल हुने बताइएको छ ।

सार्क मुलुकले अर्थमन्त्रीस्तरीय बैठकमा व्यापार सहजीकरणदेखि ‘साउथ एसियन इकोनोमिक युनियन’ बनाउनेसम्मका विषयमा छलफल हुँदै आएको छ । गत वर्ष नेपालमा भएको साताँैं सार्क अर्थमन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षा पनि हुने छ । रासस

प्रतिक्रिया दिनुहोस