Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भारतीय बाटोको प्रयोग गर्न बाध्य


प्रशासन संवाददाता

८ भाद्र २०७३, बुधबार


गौशाला, ८ भदौ । महोत्तरी जिल्लाको बथनाहा गाविसका हजारौँ जनता वर्षौंदेखि जिल्ला सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

जिल्लाको पश्चिम दक्षिण कुनामा भारतसँग जोडिएर रहेको बथनाहा गाविसका बासिन्दा आफ्नो सरकार र सम्बन्धित निकायको उदासिनताका कारण आफ्नै जिल्लाको सदरमुकाम जलेश्वर आउनका लागि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीय नेपाली काँग्रेस नेता कालिकान्त झाले बताउनुभयो ।

जिल्ला सदरमुकाम जलेश्वरबाट मात्र नौ किलोमिटरको दूरीमा रहे पनि सो गाविसबाट सोझै आफ्नै देशको भूमि प्रयोग गरेर जिल्ला सदरमुकाम आउने बाटोको अभावमा त्यस गाविसका हजारौँ बासिन्दा भारतीय बाटो प्रयोग गर्दै आएको स्थानीय भोगी कापरले बताए ।

बथनाहा गाविसअन्तर्गतका बथनाहा, मधवा, सकरीलगायतका हजारौँ बासिन्दा सदरमुकाम जलेश्वर आएर कुनै सरकारी कार्यालयसँग सम्बन्धित वा हाट, बजारमा व्यक्तिगत कामकाजका लागि भारतकै बाटो प्रयोग गर्नुपरेको स्थानीय अरुण रायले बताए ।

बथनाहावासीले मात्र नौ किलोमिटर टाढा रहेको आफ्नै जिल्लाको सदरमुकाम जलेश्वर आउनका लागि वर्षौंदेखि भारत विहार राज्यको सीतामढी जिल्लाको बराही, सुरसण्ड, गोपालपुर, नवाही र भिट्ठामोड तय गरेर मात्रै जलेश्वर आउनुपरेको छ ।

यसका लागि उनीहरुले करिब रु १२० र दुई घन्टा थप समय खर्चिनु परेको स्थानीय लालेन्द्र दुवेले बताए ।

जिल्ला सदरमुकाम जलेश्वरसँग बथनाहालाई जोड्ने नेपाली सडक वर्षौंदेखि निर्माण हुन नसकेको र भएपनि दुर्घटनायुक्त रहेको तथा वर्षायाम लाग्ने बित्तिकै हिलो, पानी र बाटो कटानले बथनाहावासी नेपाली बाटो प्रयोग गर्नुको सट्टा भारतीय बाटो प्रयोग गरेर आफ्ना गन्तव्यमा जाने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस