Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बायो इन्जिनियरिङ गरिँदै


प्रशासन संवाददाता

८ भाद्र २०७३, बुधबार


नारायणगढ–मुग्लिन सडकखण्डको माटो कटान भएका र पुरेका क्षेत्रमा यो वर्षका लागि बायो इन्जिनियरिङको काम अन्तिम चरणमा पुगेको छ । वर्षातको समयमा बायो इन्जिनियरिङको काम गर्ने गरिन्छ । असार पहिलो साताबाट काम थालिएको थियो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाको निर्माण कम्पनीका तर्फबाट वातावरणीय निरीक्षक इन्जिनियर दिनेश घिमिरेकाअनुसार करिब एक हजार ६०० स्क्वायर मिटर क्षेत्रफलमा बायो इन्जिनियरिङको काम सम्पन्न भएको छ । आँपटारी क्षेत्रमा जनावर वारपार गर्ने पुलभित्र र बाहिरी क्षेत्रमा दुबोका चपरीलगायतका घाँस प्रजातिका बिरुवा रोपिएको छ ।

त्यसैगरी माटो कटान गरी पुरिएका, गाह्रो लगाएका गाईघाट भोर्ले क्षेत्र, रिद्धिखोला, भालुढुङ्गा, जलवीरे र मुग्लिन क्षेत्रमा बायो इन्जिनियरिङ गरिएको छ । ढुङ्गा, माटो खसिरहेका क्षेत्रमा पनि बायो इन्जिनियरिङ गरिएको छ । सो क्षेत्रमा दुबो, काँस, अम्रिसोलगायतका घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवन जस्ता बिरुवा पनि रोपिएको इन्जिनियर घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार, बायो इन्जिनियरिङले भूक्षय, पहिरो जानबाट रोक्छ भने हरियाली बनाउने काम गर्दछ । यसैगरी हिउँदमा हावाले माटो उडाउने समस्या पनि यसले रोक्ने काम गर्दछ । माटोको माथिल्लो करिब पाँच इन्च भागमा रुख बिरुवाका जराले समाएर बलियो बनाउनका लागि बायो इन्जिनियरिङ गर्ने गरिन्छ । हेर्दा सामान्य देखिए पनि माटो काट्ने र नयाँ निर्माण गर्ने क्षेत्रमा बायो इन्जिनियरिङ निकै महत्वपूर्ण हुने इन्जिनियर घिमिरेले बताउनुभयो । बायो इन्जिनियरिङ गरेका क्षेत्रमा पानीले माटो बगाएर नोक्सान पनि नहुने उहाँले बताउनुभयो ।

सो क्षेत्रमा बायो इन्जिनियरिङ गर्दै आउनु भएका भीम थापाका अनुसार वर्षाको समयमा मात्रै बायो इन्जिनियरिङ गर्न मिल्ने भएकाले सम्भवत यो साताबाट यस वर्षका लागि बायो इन्जिनियरिङको काम सम्पन्न गरिँदै छ । आउँदो वर्षात्मा पुनः बाँकी क्षेत्रमा बायो इन्जिनियरिङ गरिने उहाँले बताउनुभयो । यो वर्ष स्थानीय बिरुवा बायो इन्जिनियरिङमा प्रयोग भए पनि अर्काे वर्षका लागि नर्सरी बनाएर थप बिरुवा हुर्काउने तयारीमा लागेको थापाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस