पार्टी घोषणाको पूर्वसन्ध्यामा युएईमा नयाँ शक्तिको क्षेत्रीय भेला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पार्टी घोषणाको पूर्वसन्ध्यामा युएईमा नयाँ शक्तिको क्षेत्रीय भेला


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


युएई, १६ जेठ । नयाँ शक्ति नेपालनिकट प्रवासी नेपालीको संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युएईको क्षेत्रीय भेला सम्पन्न भएको छ ।

नेपालमा नयाँ शक्ति नेपालको पार्टी घोषणा पूर्वसन्ध्यामा युएईले सातै क्षेत्रलाई आव्हान गरी विशाल क्षेत्रीय भेला आबुदाबीको मुसाफामा सम्पन्न गरेको हो । भेलाले संस्थापक सदस्यहरुको संख्या उत्साहवद्र्धक ढंगले बढेको निष्कर्ष निकालेको छ ।

समाजको क्षेत्रीय प्रवक्ता देवेन्द्र बास्टोलाको सभापतित्व र सुदर्शन पराजुलीको सञ्चालनमा अगाडि बढेको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि समाजका प्रशिक्षण विभाग संयोजक दामोदर गिरीले विदेशमा रहेका नेपालीले यहाँ सिकेको श्रम र सिपलाई नयाँ शक्तिको अभियान सफल भएमा स्वदेशमा नै प्रयोग गर्न पाइने बताए ।

कार्यक्रममा समाजका संगठन विभाग उपसंयोजक मुन्ना साम्सुलहक मिया, आर्थिक विभाग संयोजक इजरायल मिया, बुद्धिजीवी विभागका उपसंयोजक सरोज खड्कालगायतका सम्बोधन गरेका थिए । यसैगरी ज्ञानेन्द्र अमागाई, ओमप्रकाश भट्टराई, शंकर सुनार, हिराबहादुर विश्वकर्मा, धु्रव भट्ट, प्रतिक्षा कार्कीले भेलालाई सम्बोधन गर्दै हाम्रै पालामा नेपाल कसरी समृद्ध हुनसक्छ र विदेशिएका नेपालीहरु स्वदेश फर्कन सक्छन् भन्ने विषयमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै अभियन्ता शंकर बरालले नेपालमा पट्यारलाग्दो राजनीतिको निकास नयाँ शक्तिले दिने र त्यो भनेको आर्थिक समृद्धि नै हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा अच्युत दुलाल, दिपक बुढाथोकी, भोज राना, जीवन परियार, शम्भु सुवेदी, तिलक बन्जाडे, सन्तोष राजवंशी, प्रकाश थापा, रेनु ढकाल, गणेश दुलाल, सुजाता शर्मा, गाविन दुलाल र मिलन वाग्लेले अहिलेसम्म नेपालमा व्यवस्थाविरुद्ध संघर्ष भएको र अव नयाँ शक्तिको नेतृत्वमा अवस्था सुधार्न संघर्ष हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस