मलेसियामा एक नेपालीको हत्या « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मलेसियामा एक नेपालीको हत्या


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


इटहरी, २२ साउन । सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका–७ भुर्कीका नगेन्द्र चौधरी वैदेशिक रोजगारका रहेका बेला मलेसियामा शुक्रबार हत्या भएको छ ।

काठमाडौँको डमरु ओभरसिजबाट दुई वर्षअघि मलेसियाको कोनर्क इन्डस्ट्री कम्पनीमा रोजगारीका सिलसिलामा कार्यरत रहेका बेला चौधरीको हत्या भएको आफन्तलाई जानकारी आएको छ ।

हत्या गरिएका नगेन्द्र चौधरीसँगै एउटै कोठामा छ जना बस्ने गरेको भएता पनि अरु पाँचजना साथी दिवा सेवा र उनको रात्रिकालीन ड्युटी सिध्याएर आइसकेपछि लुटपाट गरी हत्या भएको कम्पनीमा कार्यरत भोजपुर निवासी प्रकाश बस्नेतले जानकारी दिएका छन् ।

आफ्नो काम सिध्याएर बिहान कोठामा आई आराम गर्ने तरखरमा रहेको अवस्थामा मलेसियाको समय करिब दिनको साँढे बाह्र बजेतिर हतियारधारी दुई लुटेराले ढोका तोडफोड गरी नियन्त्रणमा लिई नगेन्द्रलाई होस्टलको तीन तलामाथिबाट फ्याँकेर हत्या गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस