गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिकमतबहादुर रावल नियुक्त
काठमाडौँ। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिकमतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।