सिंहदरबारमा ‘भूत’ दरबन्दी, ‘बहु-टाउके’ कर्मचारीतन्त्र र जबाफदेहिता
नेपालको प्रशासनिक केन्द्र सिंहदरबारभित्र एउटा अनौठो र विजातीय अभ्यास हुर्किँदै गएको छ – जसलाई व्यवस्थापकीय सिद्धान्तले ‘प्रशासनिक कुरूपता’ मान्दछ । एउटै शरीरमा दुई वटा टाउको भएजस्तै, एउटै मन्त्रालयमा दुई वा...