उपराष्ट्रपति यादवसँग मियोसको शिष्टाचार भेटवार्ता
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी छन् । सो अवसरमा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो...