प्रदेश र स्थानीय तहमा सरकारी खर्च कटौती र सेवा प्रवाहको गुणस्तरीयता
१. पृष्ठभूमि संविधानसभाबाट बि सं २०७२ मा जारी भएको नेपालको संविधानले नेपालको राज्य संरचनालाई तीन तहको सरकार सहितको सङ्घीय संरचनामा परिणत गर्यो । सङ्घीयताको आवश्यकताको जे जसरी व्याख्या गरे तापनि...