२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परमाणुको उपयोगबाट विकासको लक्ष्य हासिल गर्न सकिनेमा जोड : सचिव विसी

अ+ अ-

काठमाडौं । परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण एवं सुरक्षित उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सकिनेमा विज्ञहरूले जोड दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले आज आयोजना गरेको कार्यशालामा उनीहरूले परमाणु प्रविधिको सुरक्षित उपयोगले विकासका लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे ।

मन्त्रालयका सचिव कृष्णराज विसीले नेपाल परमाणुसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भइसकेको उल्लेख गर्दै ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ ल्याउने तयारी अघि बढेको जानकारी दिए ।

उनले विधेयक पारित भएसँगै स्वास्थ्य, कृषि, उद्योगलगायत क्षेत्रमा परमाणु प्रविधिको प्रयोग सहजरूपमा बढाउन सकिने बताउँदै सो कार्यमा एजेन्सीको निरन्तर सहयोगका अपेक्षा पनि गरे । परमाणु प्रविधिको सुरक्षित प्रयोगका साथै प्रचलित अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिलगायत विषयमा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।

नेपाल सरकारले विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गरी संघीय संसद सचिवालयमा टेबल गर्ने तयारी गरेको छ । नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न पनि सो ऐन ल्याउनुपर्ने बाध्यता छ ।

मन्त्रालयका सहसचिव एवं पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख ऋषिराज कोइरालाले परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण एवं सुरक्षित उपयोगका संभावनामाथि प्रकाश पार्दै कार्यशालाबाट यस क्षेत्रमा भइरहेको नयाँ प्रविधि र ज्ञानको आदान प्रदान हुने बताए ।

मन्त्रालयका अर्का सहसचिव दिपेन्द्र काफ्लेले कार्यशालामा सम्बन्धित क्षेत्रका विज्ञसँगको अन्तरक्रियाबाट परमाणु प्रविधिको सुरक्षित उपयोगका साथै सुरक्षित प्रयोग नगर्दा हुने असरको न्यूनीकरण बारेमा समेत जानकारी हासिल हुने बताए ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका संयोजक शोता कामिसिमाले परमाणु प्रविधिको विश्वभर भइरहेको प्रयोगका सम्बन्धमा प्रस्तुती दिँदै एजेन्सीले गरिरहेको कामका बारेमा प्रकाश पारे।

कानुनको अभावमा नेपालले धेरै क्षेत्रमा परमाणु प्रविधि भित्र्याउन र प्रयोग गर्न सकेको छैन । यस सम्बन्धी ऐन बनेपछि प्रयोग बढाउन सहज हुने र प्रयोगका क्षेत्रमा नियमन गर्न छुट्टै निकाय गठन गर्न सकिने छ । कृषिको उत्पादकत्व बढाउन, अनुसन्धान गर्न, खाद्यान्नलाई सुरक्षित राख्न, खानी पत्ता लगाउन, पूर्वाधार निर्माणमा सहजताका लागि पनि परमाणु प्रविधिको प्रयोग गर्न सकिने यस क्षेत्रका जानकारको भनाइ छ ।

परमाणुको सुरक्षित प्रयोग नभए घातक रोग लाग्ने, स्वास्थ्यमा गम्भीर तथा दीर्घकालीन असर हुन्छ भने आणविक हतियारको रूपमा पनि यसको दुरुपयोग हुने गरेको छ । नेपालमा हाल कार्यविधिको आधारमा परमाणु प्रविधिको प्रयोग गरिँदै आएको छ । ३ दिनसम्म चल्ने कार्यशालामा सम्बन्धित क्षेत्रमा विज्ञ, विभिन्न मन्त्रालयका अधिकारी, चिकित्सकलगायतको सहभागिता छ ।