२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि पूर्वाधार र यान्त्रिकीकरणमा सहयोग गर्न आग्रह

अ+ अ-

काठमाडौं । सरकारले नेपालको कृषि पूर्वाधार र यान्त्रिकीकरणका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गरेको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले आज सिंहदरबारमा गरेका शिष्टाचार भेटका क्रममा कृषि क्षेत्रमा सहयोगका विविध आयामका बारेमा छलफल भएको हो ।

भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपक्षीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको कृषि तथा पशुपक्षी मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खनालले कृषि क्षेत्रमा असीमित आवश्यकता भए पनि आफूले सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझदारीका विषयमा छलफल गर्न सकिने बताए।

नेपालको ठूलो जनसङ्ख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रिकीकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको मन्त्री खनालले बताए ।

नेपालमा सबै प्रकारका कृषिउपज उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाइ छ ।

जवाफमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताए ।

उनले नेपाल सरकारले सहयोगका प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिए । नेपालमा चालू रहेका अमेरिकी सहयोगका परियोजनाको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदूतको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस