३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियमित गर्भ जाँच गराउने महिलालाई अण्डा उपहार

अ+ अ-

बलेवा । जिल्लाको काठेखोला गाउँपालिकाले गर्भवतीको पोषणमा सहयोग पर्‍याउने उद्देश्यले अण्डा वितरण अभियानको शुरुआत गरेको छ ।

गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पुर्‍याउने भन्दै गाउँपालिकाले नियमित गर्भ जाँच गराउनेलाई अण्डा वितरण गर्ने अभियान थालेको हो । गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः चार महीनादेखि नौ महीनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र लामाले जानकारी दिए।

गर्भवतीलाई नियमितरुपमा स्वास्थ्य संस्थामै आएर गर्भ परीक्षण गराउने बानीको विकास गर्नका लागि उक्त अभियान संचालन गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । “गर्भवती महिला नियमित स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने एउटा उद्देश्य हो”, अध्यक्ष थापाले भने, “अर्कोतर्फ पौष्टिक आहाराको कमी हुनबाट बचाई आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो दायित्व ठानेर यो अभियान सञ्चालन गरेका हौँ ।”

गर्भ रहेको चारदेखि छ महीनाका महिला स्वास्थ्य संस्थामा आए दुई क्यारेट अण्डा दिने व्यवस्था मिलाइएको छ भने आठदेखि नौ महीनामा थप एक क्यारेट अण्डा दिने व्यवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।

अण्डा पाउनका लागि गर्भवती महिलाले पहिलो परीक्षण अवधि तीन महीनादेखि प्रत्येक महिनामा जाँच गराउनुपर्छ । स्वास्थ्य संस्थामा गर्भ जाँचका लागि पुगेका महिलालाई स्वास्थ्यको अवस्था र आवश्यक पौष्टिक आहारका विषयमा जानकारी गराएरमात्रै अण्डा वितरण गर्ने गरिएको छ । काठेखोला गाउँपालिका बाहिरका गर्भवती महिलालाई पनि यो स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउन आएमा अण प्राप्त गर्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ । “काठेखोला गाउँपालिका भित्रका गर्भवती महिलाले गाउँपालिका भित्रकै स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउन सक्छन्”, अध्यक्ष थापाले भने, “अन्य स्थानीय तहका गर्भवती महिलाले पनि काठेखोला गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा आएर जाँच गराए र कार्ड लिएको अवस्थामा हामीले अण्डा प्रदान गर्दछौँ ।”

गर्भ अवस्थामा शरीरलाई पौष्टिक तत्वको आवश्यकतापर्ने भएकाले गर्भवती महिलाको स्वास्थ्यको ख्याल गरी गाउँपालिकाले उक्त अभियान सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी जानकारी दिए । गाउँपालिकाभित्र रहेका बर्थिङ सेन्टरमा गएर सुत्केरी भएमा रु दुई हजार दिने सरकारको नियमलाई पनि काठेखोलाले पालना गरेको छ । काठेखोला गाउँपालिकाका आठ वटा वडामध्ये हाल सात वटा वडामा मात्र स्वास्थ्य चौकी छन् भने पाँच वटा स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको व्यवस्था गरिएको छ । गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाबाट हालसम्म ४४ जना गर्भवतीले यो सुविधाको उपभोग गरेका छन् ।

जसमध्ये रेश स्वास्थ्यचौकीबाट आठ जना, लेखानी स्वास्थ्यचौकीबाट तीन जना, बिहुँ स्वास्थ्यचौकीबाट १७ जना, तङ्ग्राम स्वास्थ्य चौकीबाट दुई जना, धम्जा स्वास्थ्यचौकीबाट तीन जना, भीमपोखरा स्वास्थ्य चौकीबाट सात जना र पाला स्वास्थ्यचौकीबाट चार जना गर्भवतीले अण्डा लिइसकेको स्वास्थ्य शाखा प्रमुख लामाले बताए । धम्जामै रहेको सामुदायिक स्वास्थ्य एकाइबाट समेत एक जना गर्भवतीले अण्डा सुविधा लिएको लामाले बताए । “गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामै प्रसूति गराउने हाम्रो अभियान हो”, लामाले भने, “अण्डा उपहार कार्यक्रमले दुवै कुरामा सहयोग गर्छ ।” स्वास्थ्य शाखाका अनुसार यो आर्थिक वर्षको दोस्रो चौमासिकबाट मात्रै यो कार्यक्रम शुरु भएको हो ।

कार्यक्रमको प्रभावकारिताका विषयमा एक चौमासिक समाप्त भएपछि समीक्षा गरिने र सो अवधिमा देखिएको प्रगतिका आधारमा थप सुधार हुने लामाले बताए । साविकको बिहुँ गाविस सङ्घीय संरचनापछि दुई वटा वडामा विभाजन भएपछि हालको काठेखोला गाउँपालिका वडा नं ५ उपल्लो बिहुँमा स्वास्थ्यचौकी छैन ।

उक्त वडामा छिट्टै स्वास्थ्य चौकीको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष थापाले जनकारी दिए । यस्तै काठेखोला गाउँपालिका वडा नं १ को स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरका लागि प्रक्रिया अगाडि बढाइएको पनि गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस