चिच्याएर बर माग्ने मेलामा ३ लाख बराबरको भेटी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चिच्याएर बर माग्ने मेलामा ३ लाख बराबरको भेटी


प्रशासन संवाददाता

१३ मंसिर २०७५, बिहिबार


बेझाड । पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा रु तीन लाख बराबरको भेटी सङ्कलन भएको छ ।

कात्तिक पूर्णिमाको अवसरमा मङ्सिर ५, ६ र ७ गते लागेको मेलामा रु ३ लाख २४ हजार ८०० भेटी सङ्कलन भएको सत्यवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुनवीर गाहामगरले जानकारी दिए । मन्दिरमा सङ्कलन भएको भेटी मन्दिरको भौतिक पूर्वाधार, खानेपानी, बिजुली, मन्दिरसम्म पुग्ने सडक मर्मत तथा विस्तार, मन्दिरका लागि आवश्यक सामग्री खरीदमा खर्च गरिने उनले बताए । यस वर्ष करीब १ लाख दर्शनार्थीले मेला अवलोकन गरेका थिए ।

पाल्पा, गुल्मी, रुपन्देही, स्याङ्जालगायतका विभिन्न जिल्ला तथा भारतको लखनऊदेखिका दर्शनार्थीले मेला अवलोकन गरेको धु्रवप्रसाद पङ्गेनीले जानकारी दिए । सत्यवती मन्दिरमा रहेकी बज्यै बैरी छन् भन्ने धार्मिक विश्वास रहेकाले यहाँ आउने दर्शनार्थीले चिच्याएर बर माग्ने गर्दछन् । मन्दिर र ताल वरपर परिक्रमा गर्दै चिच्याएर बर मागेमा भाकल पूरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण पूजा गर्न आउने दर्शनार्थीले चिच्याएर बर माग्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस