काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बढुवा दिने नभई बर्खास्त गर्नुपर्ने बताएका छन् ।
सरकारले अध्यादेशबाट कर्मचारी समायोजन अध्यादेश २०७५ ल्याउने तयारी गरिरहँदा पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीट गर्दै भनेका छन्– ‘कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर ? राज्यकालागि कर्मचारी कि कर्मचारीकालागि राज्य ? संघीय पुनर्संरचना भैसकेपछि खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने हो बढुवा गर्ने हैन ।’
भट्टराईले यही मौकामा पुराना हटाएर नयाँ युवालाई भर्ना गर्ने उल्लेख गर्दै लेखेका छन् -‘दलीय ट्रेड यूनियन खारेज गर्ने हो, नत्र देश बन्दैन ।’
हेर्नुहोस् ट्वीट
कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर?राज्यकालागि कर्मचारी कि कर्मचारीकालागि राज्य?संघीय पुनर्संरचना भैसकेपछि खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने हो बढुवा गर्ने हैन!यही मौकामा पुराना हटाएर नयाँ युवालाई भर्ना गर्ने हो!दलीय ट्रेडयूनियन खारेज गर्ने हो!नत्र देश बन्दैन! https://t.co/oHgkdY0AHT
— Baburam Bhattarai (@brb1954) October 26, 2018