२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ का लागि अन्तिम मनोनयनलागि तीन हजार २९७ जनाको आवेदन प्राप्त भएको छ । 

प्राप्त आवेदनमध्येबाट ५८६ जनालाई मनोनयन गरिएको कामपा शिक्षा विभागले जानकारी दिएको छ । जसमा शिक्षा विषयका लागि दुई जना, मानविकीमा छ जना, कानुनमा २३ जना, व्यवस्थापनमा २७३ जना विज्ञानमा २८२ जना विद्यार्थी मनोनयन हुने भएको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । 

शिक्षा अधिकृत प्रल्हाद खतिवडाका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका र अन्तिम मनोनयनमा समावेश हुन चाहेका परीक्षार्थीलाई विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गर्न असार ४ गते बिहान १० बजेदेखि ८ गते साँझ ५ बजेसम्मको अवधि दिइएको थियो । मनोनयनमा परेका विद्यार्थीहरूले असार ११ गतेभित्र तोकिएको शिक्षण संस्थामा भर्ना भइसक्नुपर्नेछ । 

यस वर्षका लागि कामपाले १४५ वटा शिक्षण संस्थामा चार हजार ८५७ कोटा निर्धारण गरिएकोमा निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट तीन  हजार ५१ जना विद्यार्थी, दोस्रो सूचीबाट २३० जना गरी तीन हजार २८१ जना विद्यार्थी भएपछि बाँकी रहेका एक हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको थियो । 

कामपाको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ लिष्टबाट तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना हुनुभएको थियो । छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट पहिलो मनोनयन सूचीमा तीन हजार ७३५ विद्यार्थी थिए । यी विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो । 

यीमध्ये एक हजार ९०१ जना विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १११ जना, कानुनमा ३४ जना र मानविकीमा पाँच जना विद्यार्थी भर्ना भएका छन् । यसरी भर्ना भएका विद्यार्थीहरूको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा परीक्षा समितिले म्याचिङ लिष्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गर्‍यो । 

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो । १८ गतेदेखि २० गतेसम्म पुनर्योग र विवरण सच्याउन समय दिइएको थियो । रासस

0 Comments