२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन, नेपाल-भारत सीमा विवाद पुनः सतहमा

अ+ अ-

काठमाडौँ । भारतले चीनसँगको सहकार्य उल्लेख गर्दै कैलाश मानसरोवर यात्राका लागि लिपुलेक मार्ग पुनः सञ्चालनमा ल्याएको जनाएको छ। उक्त मार्ग नेपालको दाबी रहेको क्षेत्र हुँदै प्रयोग गरिएको विषय पुनः सार्वजनिक चर्चामा आएको छ।

भारतीय पक्षले सन् २०२६ का लागि कैलाश मानसरोवर यात्राको औपचारिक कार्यक्रम घोषणा गरेको हो, जसअनुसार यात्रा जुनदेखि अगस्टसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ। यसमा चीनसँगको समन्वय रहेको उल्लेख गरिएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार यस वर्षको यात्रामा २० वटा छुट्टाछुट्टै समूह रहनेछन्। तीमध्ये आधा समूह उत्तराखण्डस्थित लिपुलेक मार्ग प्रयोग गरी अघि बढ्ने र बाँकी समूह सिक्किमको नाथु ला नाका हुँदै यात्रा गर्ने योजना रहेको जनाइएको छ। प्रत्येक समूहमा करिब ५० जना सहभागी रहने व्यवस्था गरिएको छ।

यात्रामा सहभागी हुन इच्छुक व्यक्तिहरूले तोकिएको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्ने र आवेदनको अन्तिम मिति मे १९ तय गरिएको जानकारी पनि सार्वजनिक गरिएको छ।

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने कैलाश मानसरोवर यात्रामा वार्षिक रूपमा ठूलो संख्यामा श्रद्धालु सहभागी हुने गर्छन्।

यसैबीच, लिपुलेक क्षेत्र हुँदै हुने आवतजावत र पूर्वाधार उपयोगका विषयले नेपाल-भारतबीचको सीमा सम्बन्धी विवादलाई पुनः सतहमा ल्याएको छ। नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो सार्वभौम भूभाग भएको दाबी गर्दै आएको छ।

0 Comments