२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा भूराजनीतिक चलखेल भइरहेको ‘प्रचण्ड’को दाबी

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् ।

सोमबार काठमाडौँ क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश कार्यक्रममा ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक चलखेल गर्ने गरेको र त्यसको प्रभाव नेपालमा पनि देखिएको बताएका हुन् ।

विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत नभएकाहरू सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजेको उनको भनाइ छ । यस्ता प्रवृत्तिको प्रतिवाद गर्नका लागि पनि एउटा नयाँ संकल्प, नयाँ समीक्षासहित फेरि राष्ट्रको निम्ति र जनताको निम्ति समर्पित रूपले लाग्ने तागत चाहिएको प्रचण्डले बताए । उनले त्यही तागत सृष्टि गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्दै अगाडि बढेको उल्लेख गरे ।

संयोजक ‘प्रचण्ड’ले विकास निर्माण, सुशासन, भ्रष्टाचारका विरुद्ध, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक विकास र समृद्धिको उत्पादन र रोजगारी सृष्टि गर्ने लगायत नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले जनतामा फेरि एक चोटि आशा र भरोसा बढ्दै गएको दाबी गरेका छन् ।

उनले अहिलेको जमाना सामाजिक सञ्जाल र सूचना प्रविधिको भएपनि घर-घरमा गएर जनतालाई प्रत्यक्ष बुझाउने तरिका जस्तो प्रभावकारी अरू नहुने धारणा राखे । अहिले नयाँ विचार, सबभन्दा नयाँ राजनीति एजेन्डा भएको पार्टी नेकपा मात्रै भएको उनको भनाइ छ ।

कार्यक्रममा एमाले खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, अधिवक्ता सविना वाग्ले, नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक जीवन हमाललगायत नेपाली कम्युनिस्टमा प्रवेश गरेका प्रचण्डको सचिवालयले जनाएको छ ।