२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधेयकको मस्यौदा तयारीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, विधायन प्रक्रिया, संसद् भवनको पुनर्निर्माण तथा निर्वाचनसम्बन्धी विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

शून्य समयमा राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासेले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले कार्यक्रम कार्यान्वयनमा देखिएका कमजोरी सच्याउँदै प्रभावकारी बनाइनुपर्ने धारणा राखिन् । 

सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बिमाको रकम नपाएको भन्ने गुनासो बढ्दै गएको उल्लेख गर्दै बजेट अभावका कारण कार्यक्रम नै रोकिएको भन्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । साथै भारतमा निपाह भाइरसको सङ्क्रमण फैलिँदै गएको सन्दर्भमा खुला सीमाका कारण त्यस्तो सङ्क्रमण नेपाल भित्रिन सक्ने जोखिम रहेकाले आवश्यक स्वास्थ्य सुरक्षा र सजगता अपनाउन उनले जोड दिइन् । 

सांसद डा.बेदुराम भुषालले चालु वर्ष सदनमा पेस गर्ने भनिएका विधेयकको मस्यौदा तयार भए–नभएको विषयमा सरकारसँग जानकारी माग गरे । उनका अनुसार यस वर्ष पहिलो प्राथमिकतामा ४२, दोस्रो प्राथमिकतामा ४१ र तेस्रो प्राथमिकतामा ३८ गरी कुल १२१ वटा विधेयक पेश गर्ने भनिएको थियो । तीमध्ये कति विधेयकको मस्यौदा तयार भइसकेको छ भन्ने विषयमा सदनलाई जानकारी गराउनुपर्ने उनले माग गरे ।

सांसद मायाप्रसाद शर्माले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जलेर क्षति भएको नयाँ बानेश्वरस्थित संसद भवनको पुनर्निर्माणको अवस्थाबारे प्रश्न उठाए । आवश्यक सुरक्षा व्यवस्था अपनाएर पुनर्निर्माण गर्ने भनिए पनि हालसम्मको प्रगति के छ भन्नेबारे स्पष्टता माग गरे । साथै सिंहदरबारस्थित नयाँ संसद भवन निर्माणको काम कहाँसम्म पुगेको छ भन्ने विषयमा पनि उनले सरकारसँग जवाफ मागे । 

सांसद सुमित्रा बिसीले तोकिएको समयमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन एकै चरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले निर्वाचन दुई चरणमा गर्ने र निर्वाचन मिति सार्ने अभ्यास लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुने धारणा व्यक्त गरिन् ।