२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विप्लव’ नेतृत्वको माओवादीले सार्वजनिक गर्‍यो २० बुँदे चुनावी घोषणापत्र

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै २० बुँदे नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आफ्ना प्रमुख राजनीतिक, संवैधानिक र आर्थिक एजेन्डा सार्वजनिक गरेको हो।

सार्वजनिक दस्तावेजमा संविधान पुनर्लेखन गर्दै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने प्रस्ताव समेटिएको छ। साथै संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक प्रणालीमा रूपान्तरण गर्ने तथा न्याय प्रणालीमा संरचनागत परिवर्तन गर्ने नीति उल्लेख गरिएको छ। पार्टीले पहिचान र अग्राधिकारमा आधारित समाजवादी संघीय संरचना अवलम्बन गर्नुपर्ने धारणा अघि सारेको छ।

आर्थिक तथा सामाजिक क्षेत्रतर्फ राज्य र निजी क्षेत्रबीच सहकार्यको नीति लिने, उद्योग तथा व्यापारलाई राष्ट्रिय समृद्धिको मुख्य आधारका रूपमा विकास गर्ने र शिक्षा, स्वास्थ्य तथा रोजगारीमा नागरिकको पहुँच विस्तार गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।

कार्यक्रममा महासचिव चन्दले लामो संघर्षपछि पनि जनअपेक्षाअनुसारको राज्य संरचना निर्माण हुन नसकेको टिप्पणी गरे। उनले रोजगार सिर्जनामा राज्यको सक्रियता नदेखिँदा युवामा निराशा बढेको र वैदेशिक रोजगारीतर्फ धकेलिने अवस्था बनेको धारणा राखे।

चुनावी सहकार्यका विषयमा बोल्दै उनले अन्य कम्युनिष्ट दलहरूसँग तत्काल एकता सम्भव नभए पनि मोर्चाबन्दीको प्रस्ताव गरिएको र सो प्रस्ताव स्वीकार नभएको बताए।

पार्टीको प्रतिबद्धतामा नेपाल राज्यलाई एकीकृत र समुन्नत बनाउने उद्देश्यसहित समाजवादी संघीय संरचनामा पुनर्संरचना गर्नुपर्ने, साथै मजदुर, किसान, श्रमजीवी, मध्यमवर्ग र बौद्धिक वर्गलाई राजनीतिक रूपमा सशक्त बनाउने लक्ष्य समावेश गरिएको छ।