२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

अ+ अ-

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ । इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताइन् । स्वस्थानी व्रतको समयमा दुई पटक दन्तकाली मन्दिरमा पूजा गर्न आउने गरेकी उनको भनाइ छ । 

दन्तकाली मन्दिरमा शुद्ध मनले मागेका र चिताएका कुरा पूरा हुने विश्वास रहिआएको छ । धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित पौराणिक महत्त्व बोकेको दन्तकाली मन्दिरमा हाल दैनिक रूपमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिरका मूल पुजारी विश्वराज खनालले जानकारी दिए । उनका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुरु भई एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण यस अवधिमा भक्तजनको उल्लेख्य घुइँचो लाग्ने गर्दछ ।

दन्तकाली मन्दिर पुगेपछि वरपरका अन्य मन्दिरको पनि दर्शन गर्न पाइने भएकाले श्रद्धालुको आकर्षण बढ्दै गएको उनको भनाइ छ । स्वस्थानी सुरु भएपछि बिहानैदेखि पूजा गर्न आउने भक्तजनको सङ्ख्या बढेको पुजारी खनालले भने । धरान उपमहानगरपालिका–१५ की गोमा भट्टराईले फुर्सद हुँन साथ दन्तकाली मन्दिर पुग्ने गरेको बताए ।

विराटनगरबाट दन्तकाली मन्दिरमा पूजा गर्न आएका सुरेश खत्री र उनकी श्रीमती सुनिताले पनि स्वस्थानी व्रतको अवसरमा मन्दिरमा दर्शन गर्न आएको जानकारी दिए। स्वस्थानी व्रत कथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा सहन नसकी यज्ञकुण्डमा हाम फालेर प्राण त्याग गरेपछि महादेव शोकाकुल भई सतीदेवीको शव काँधमा बोकेर भौँतारिँदा शरीरका अंग जहाँ–जहाँ पतन भए, त्यहाँ शक्तिपीठ स्थापना भएको विश्वास छ । यही क्रममा विजयपुर पर्वत खण्डमा सतीदेवीको दाँत पतन भएकाले उक्त स्थान दन्तकालीका नामले प्रसिद्ध भएको व्रतकथामा उल्लेख छ ।

पौराणिक कथामा उल्लेखित शक्तिपीठ भएकाले दन्तकाली मन्दिरको धार्मिक महत्त्व विशेष रहेको स्थानीय बूढापाकाको भनाइ छ । यस मन्दिरप्रति आस्था राख्ने नेपाल र भारतलगायत टाढा टाढाबाट श्रद्धालु दर्शनका लागि आउने गरेका छन् । सामान्य दिनमा दैनिक सयौँ दर्शनार्थी मन्दिर आउने गरेका छन् भने शनिबार र मङ्गलबार पाँच सयभन्दा बढी भक्तजन यहाँ आउने गरेको पुजारी खनालले बताए ।

दन्तकाली मन्दिरमा हरेक वर्ष असोज, माघ, चैत र असारमा चार वटा नवरात्रमा विधिवत् पूजाअर्चना गरिन्छ । विशेषगरी विजयादशमीको नवरात्रमा घटस्थापनादेखि अष्टमी, नवमी र दशमीसम्म भक्तजनको ठूलो भीड लाग्ने गर्दछ  । यस समयमा पूजा आराधना गर्दा मनोकामना पूरा हुने, रोग व्याधि नास हुने र दुःख हट्ने जनविश्वास रहिआएको छ ।

दन्तकाली मन्दिरको स्थापना कहिले भयो भन्ने एकिन नभए पनि स्वस्थानी व्रतकथा र पुराणमा उल्लेख भएकाले यसलाई अत्यन्तै पुरानो पौराणिक तथा धार्मिकस्थलका रूपमा लिइन्छ । दन्तकाली मन्दिरमा सयौँ वर्षदेखि खनाल थरका पुजारीले पूजा गर्दै आएका छन् । हालका मूल पुजारी विश्वराज खनाल आठौँ पुस्ताका पुजारी छन् । मन्दिरसँग सम्बन्धित १८६८ सालमा राजा गीर्वाणयुद्धविक्रम शाहबाट प्राप्त ताम्र पत्र र लालमोहर पनि सुरक्षित छन् ।

धरान भ्रमणमा आउने पर्यटकले प्राय: धरानको मुख्य बजार भानु चोकबाट उकालो लागेपछि दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर मन्दिरको दर्शनसँगै विजयपुर डाँडाको अवलोकन गर्ने गरेका छन् । दर्जनौँ मठमन्दिर रहेको विजयपुर डाँडा धार्मिक तथा ऐतिहासिकस्थलका रूपमा परिचित छ । विजयपुर सिंगो धरानको शिर हो, यहाँ धार्मिकस्थल र मठमन्दिर प्रशस्त छन् । यसलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सके नेपाल र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या अझ बढ्ने धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले बताए ।

इतिहासमा विजयपुरमा कुनै बेला सेन वंशको राज्य रहेको पाइन्छ । सेन र त्यसपछिका राजाहरूले पनि दन्तकालीलाई शक्ति पीठका रूपमा दर्शन गर्ने र मन्दिरमा घन्ट, त्रिशूल चढाउने गरेको पाइन्छ । पुराना स्थानीय बासिन्दाको भनाइअनुसार २०३५ सालभन्दा पहिला दन्तकाली मन्दिर अहिले जस्तो थिएन । पछि मात्र अहिलेको मन्दिर निर्माण भएको हो । हालको मन्दिरको छानामाथि धातुको गजुरसमेत राखिएको छ ।