२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. शेखर कोइरालाको आरोप : ‘सरकार जबाफदेही, उत्तरदायी र पारदर्शी हुन सकेन’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जबाफदेही र उत्तरदायी नभएको आरोप लगाएका छन् ।

आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्ति प्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जनताले सुशासनको अनुभूति गर्न नसकेको दाबी गरेका हुन् ।

‘अहिले सरकार न जबाफदेही छ, न उत्तरदायी छ न पारदर्शी छ । यो सबै कुराका लागि सुशासन हुन जरुरी छ,’ कोइरालाले भनेका छन् ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको उनको धारणा थियो ।

‘न्यायालय ठिक ठाउँमा छैन । व्यवस्थापिका पनि ठिक ठाउँमा छैन, कार्यपालिका पनि ठिक ठाउँमा छैन भने हामी कसरी देश अघि बढाउन सक्छौँ ?,’ कोइरालाले भने, ‘प्रधानमन्त्री मात्रै फेरेर मात्रै, मन्त्री मात्रै फेरेर देश ठिक ठाउँमा अघि बढ्ने होइन होला ?’

मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलीजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको उनले बताए । तर, मिलीजुली सरकार बनाउने बाहनामा पार्टीका सिद्धान्त र व्यवहारलाई छाड्न नहुने उनको भनाइ थियो ।

‘डेमोक्रेसी धरापमा छ । हामीहरूले निर्वाचन प्रणाली नै यस्तो बनाएका छौँ, हामीसँग मिलीजुली सरकार बनाउनुको विकल्प छैन,’ उनले भने, ‘मिलीजुली सरकारको नाममा रहेका कुरा छोड्दै जाने हो, सैद्धान्तिक धरातल छाड्दै जाने हो भने कस्तो काँग्रेस हामी बनाउँदै छौँ भन्ने कुरा सोच्नुपर्‍यो ।’