काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु नागरिकतासहित बालुवाटार पुगेका छन् । उनीहरुलाई अपरान्ह ४ बजे बालुवाटारमा नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन नेकपाले सूचित गरेको थियो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्वयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।
नेकपाका केन्द्रीय कमिटीका ४४१ सदस्यको नाम मंगलबार सार्वजनिक गरिएको थियो ।