२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभाबाट मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी प्रस्ताव स्वीकृत

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । 

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले विधेयक महत्त्वपूर्ण रहेको र यसमा आवश्यक सुधार भए समेटेर अघि बढाउने विश्वास व्यक्त गरे ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरु वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, नागिना यादव, बिजुला रायमाझी, सराज अहमद फारुकी, जनार्दन शर्मा, विमला सुवेदी, प्रतीक्षा तिवारी, भगवती चौधरी, ठाकुर गैरे, रामप्रकाश चौधरी, नारायणी शर्मा, सुशीला श्रीपालि ठकुरी, प्रेम सुवाल, हर्कमाया विश्वकर्मा, रणकुमारी बलम्पाकी मगर, रुपा सोशी (चौधरी), रमा कोइराला पौडेल, जावेदा खातुन जागा र रणेन्द्र बराली सहभागी भए ।

आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघि बैठकमा सभामुखको आसनबाट सांसद दुर्गा राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए । 

प्रतिनिधि सभाको अर्को बैठक यही साउन ९ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।