२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व संकलनमा ९ दशमलव ४० प्रतिशतले वृद्धि

अ+ अ-

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१र८२ मा रु तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व संकलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ४० प्रतिशतले बढी हो । 

कार्यालयले आव २०८०/८१ मा रु तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व संकलन गरेको थियो । आव २०८१/८२ मा अघिल्लो आवको भन्दा रु ३० करोड २४ लाख ९१ हजारको बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । 

कार्यालयले आव २०८१/८२ मा रु चार अर्ब आठ करोड ५३ लाख ६० हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । यद्यपि लक्ष्यको ८६ दशमलव ११ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । लक्ष्यअनुसार राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा बढी राजस्व संकलन हुनु सुखद् पक्ष रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाइ थियो ।  

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब ५९ करोड ८१ लाख, घरबहाल करबाट रु दुई करोड ८४ लाख, ब्याजबापत रु आठ करोड ७५ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब १५ करोड २७ लाख, अन्त:शुल्कबापत रु ६३ करोड ६६ लाख ५४ हजार राजस्व संकलन भएको छ । 

 गत आव २०८१/८२ मा सबैभन्दा बढी ३९ दशमलव ९८ प्रतिशतले अन्त:शुल्कबापत उठ्न करमा वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए। यसैगरी आयकरमा चार दशमलव २६ र मूल्य अभिवृद्धि करमा तीन दशमलव ७७ प्रतिशतले राजस्व संकलन बढेको छ । 

कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायतका कानुनी कारबाही गरिएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए ।