६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बायोइन्जिनियरिङको कामलाई तीव्रता

अ+ अ-

चितवन । मनसुन शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको कामलाई तिव्रता दिइएको छ ।

सो सडक विस्तारका क्रममा भित्तो काटिएकाले पहिरो खस्न सक्ने ठाउँमा खुकुलो माटो रोक्न बायोइन्जिनियरिङ गरिँदै छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार सन् २०१६ र २०१७ मा ११० ठाउँमा बायोइन्जिनियरिङको काम सम्पन्न गरिएको थियो । यस वर्ष थप ३८ ठाउँमा बायोइन्जिनियरिङको काम गरिँदैछ । सो सडकका १४८ ठाउँमा बायोइन्जिनियरिङको काम गर्ने योजना रहेको छ ।

वातावरण विज्ञ पाठकका अनुसार जुटको जाली बनाएर माटो रोक्ने जुटनेटिङ, बाँसको पर्खाल लगाउने, घाँस लगाउने, रुख बिरुवा रोप्ने, बाँस रोप्ने, बोटबिरुवाको मुठो बनाएर एकै ठाउँमा रोप्ने, रुखको बीउ रोप्ने, भिरालो जमिन मिलाउनेलगायतका कार्य बायोइन्जिनियरिङभित्र पर्छ ।

बाँससँगै सिमली, आँक, सजिवन, शिरिष, बाबियो, बकाइनोजस्ता चाँडै सर्ने र हुर्कने बिरुवा रोपिने गरिन्छ । रुख बिरुवा लगाउने कार्य मनसुन शुरु भएपछि नै गर्नुपर्ने हुन्छ भने अन्य कार्य अरु समयमा पनि गर्न सकिन्छ ।

हाल सो सडकको सेती दोभान र केराबारीमा काम भइरहेको वातावरण विज्ञ पाठकले जानकारी दिए ।

बायोइन्जिनियरिङको काममा गएको दुई वर्षमा ७७ लाख खर्च भइसकेको छ भने यस वर्ष पनि करिब १४ लाख हाराहारीमा खर्च हुने अनुमान गरिएको छ ।

कतिपय ठाउँ थपिएपछि बायोइन्जिनियरिङसहितका पहिरो रोक्ने कामका लागि सडकलाई दुई भागमा विभाजन गरेर दुई ठेकेदार कम्पनीलाई कामको जिम्मा लगाइएको छ । उनीहरुले पनि बायोइन्जिनियरिङसहित पहिरो रोक्ने काम गरिरहेका छन् ।

सो सडकको विस्तारको काम अन्तिम चरणमा पुगेको छ । वर्षात्को समयमा सडक राम्रो भए पनि भित्तोबाट पहिरो नखसोस् भन्नका लागि बायोइन्जिनियरिङको काम गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस