काठमाडौँ । एएफसी महिला एसियन कप छनोट अन्तर्गत श्रीलंका विरुद्धको खेलमा नेपालले ८-० को फराकिलो जित हासिल गरेको छ। लगातार दोस्रो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पुरा गर्दै नेपालको प्रभावशाली जित यात्रालाई कायम राख्न सफल भइन्।
पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेको थियो। फराकिलो अग्रता बनाउने क्रममा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन्।
कप्तान साबित्रा भण्डारी (साम्बा) को ह्याट्रिक र रश्मि कुमारी घिसिङले पहिलो हाफमा अर्को एक गोल गर्दा बाँकी गोल दोस्रो हाफमा सम्भव भयो। नेपालले खेलको २० औं मिनेटमा अग्रता दोब्बर बनायो। दोस्रो गोल सावित्रा भण्डारीले गरीन्।
४२ औं मिनेमा ब्यक्तिगत दोस्रो गोल गरेकी साम्बाले पहिलो हाफको इन्जुरी समय सविता राना मगर को क्रसमा गोल गर्दै साम्बाले ह्याट्रिक पुरा गरिन्। साम्बाको यो ६० औं खेलमा ६४ औं गोल हो।
दोस्रो हाफमा पनि नेपालले रवाफिलो अग्रता कायम राख्यो। नेपालक लागि गिता रानाले पेनाल्टीमार्फत गोलग गर्दै ५४ औं मिनेटमा टिमको अग्रता ५-० मा पुर्याउन सफल भइन्। लगतै अर्थात ८ मिनेटपछिनै निशा थोकरले हेडरमार्फत गोल गर्दै टिमलाई गोल संख्या आधा दर्जन पुर्याउन सफल भइन्।
त्यसपछि पनि नेपालले गोल निरन्तर गर्यो। सब्सटिच्युट रेखा पौडेलले हेडमार्फत टिमको अग्रता ७-० मा पुर्याउन सफल हुँदा। आठौं गोल पुजा रानाको नाममा रह्यो। उनले राष्ट्रिय टोलीबाट करियरको पहिलो गोल गरिन्। अब नेपालले छनोट चरणको अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानको सामना गर्ने छ। यो खेलनै नेपालका लागि निर्णायक हुने छ।







